फ्यूचर पलेसी गोल्ड अवार्डमाथि चित्रकार देवप्रसाद राईले बनाए ‘नर्थइष्ट विण्डो’

गान्तोक, 5 नोभेम्बर। सफलतालाई कलामा उतार्नु प्रसंशाभन्दा धेर सफलताको सम्मान सोंच्छन 22 वर्षीय युवा चित्रकार देवप्रसाद राई। त्यसो त पश्चिम सिक्किमको मेलीआचेङ जस्तो दुर्गम ठाउँमा कला सृजनामा लागिपरेका चित्रकार राईले पछिल्लो डेढ दशकदेखि रङ्ग र कुचीसित रमाउँदै त्यसैमा जीवन खोजिरहेका छन्। भर्खरै सकिएको पूर्वोत्तर राज्यका युवाहरूको सम्मेलनमा उनले सिक्किमको सफलतालाई पूर्वोत्तर राज्यलाई चिहाउने झ्यालको रूपमा सोंचेर बनाए नर्थइष्ट विण्डो’। स्नातक सकिएपछि रोजगारको खोजिमा भौंतारिरहेको अवस्था भएपनि आफ्नो सृजनामा भने सकारात्मकतालाई कुँद्नु उनको विशेषता हो। गत 15 अक्टोबरको दिन सिक्किमले भविष्य नीतिको निम्ति तय गरेको स्थायी विकासको बाटो जैविक खेतीलाई प्राप्त विश्व स्तरको मान्यता उनको सृजनाको केन्द्र विन्दू बनेको छ। कलाकार राईले बनाए फ्यूचर पलेसी गोल्ड अवार्ड 2018-को थिममा चित्र।

उनले भने, मेरो चित्रमा पूर्वोत्तर राज्य यसकारण पनि उत्कृष्ट छ, किन भने यहाँ धेरै सम्भावनाहरू छन्। त्यही सम्भावनाहरूलाई पहिल्याएर सिक्किमले हिँडेको जैविक विकासको बाटो अहिले पूर्वोत्तर भारतलाई हेर्ने एउटा झ्याल हो। अर्कोतिर पूर्वोत्तरका युवा जमातमा सकारात्मक अवधारणाको विकास गर्नुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउँदै सिक्किमले पाएको फ्यूचर पलेसी गोल्ड अवार्डको सफलतालाई सबैले समूहगतरूपमा खुशी हुने अवसरलाई आफ्नो चित्र नर्थइष्ट विण्डोमा परिलक्षित गरेको चित्रकार राईको भनाइ छ। पूर्वोत्तर राज्यहरूको सबै सामान्य रङ्गहरूलाई समेटेर विश्वको तेस्रो सर्वोच्च हिमचूली कञ्चनजङ्गालाई प्रतिकको रूपमा उभ्याएर सिक्किमले पूर्वोत्तरलाई गरिरहेको नेतृत्वको परिभाषा चित्रमा कोर्ने प्रयास गरेका छन्।

अर्कोतिर फ्यूचर पोलेसी गोल्ड अवार्डको लोगो स्पष्टरूपमा उनको चित्रको प्रतिनिधि थिम बनेको छ। 52 जना पूर्वोत्तरका युवा कलाकारहरूले सहभागिता जनाएको सम्मेलनमा चित्रकार राईको चित्रले बोकेको थिम भने अहिले आएरमात्र चर्चामा आएको हो। फ्यूचर पलेसी गोल्ड अवार्डलाई लिएर विभिन्न टिका-टिप्पणी र प्रसशाको पूल बाँध्ने काम भइरहेको अवस्थामा शनिबारदेखि दक्षिण र पश्चिम सिक्किममा युवाहरूले पुरस्कारको सम्मानमा मोटर साइकल ऱ्याली आयोजन गरिरहेको छ। मुख्यमन्त्री पवन चामलिङले इटलीको रोममा सिक्किमे जनताको पक्षमा ग्रहण गरेको उक्त पुरस्कार सरकारको निम्ति पनि ऐतिहासिक र अभूतपूर्व मूल्याङ्कन हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया