कुञ्जाङ तोप्गे भोटिया बने प्रथम मिष्टर सिक्किम म्यान हण्ट

गान्तोक, 5 नोभेम्बर। चार महिनाको कठोर प्रशिक्षण र प्रतिस्पर्धा पछि पहिलो मिष्टर सिक्किमको विजेता घोषित भएको छ। राजधानी गान्तोकको मनन केन्द्रमा आइतबार साँझ मुख्यमन्त्री पवन चामलिङको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा शीर्ष 22 प्रतिस्पर्धीहरूलाई उछिन्दै कुञ्जाङ तोप्गे भोटियाले मिष्टर सिक्किम 2018-को खिताब जित्न सफल बनेका छन्। यसै गरी प्रथम उप-विजेता बनेका छन् अखिलेश प्रधान भने अर्को तिर दोस्रो उपविजेता बने अनुराग बराइली। तीमी चिया, मैनाम गार्डन र सिक्किम सुप्रीमद्वारा प्रायोजित मिष्टर सिक्किम म्यान हण्ट 2018-को ग्राण्ड फिनालेलाई चर्चित फेसन डिजाइनर निर्जा बस्नेत, मेधा साइकिया, कुनाल कौशिक अनि निर्मल मगरले निर्णय लिएका थिए। विभिन्न संघ संस्था र उद्योगहरूले सह-प्रायोजन गरेको यो प्रतियोगितामा प्रथमलाई एकलाख रुपियाँ, पहिलो उप-विजेतालाई 75 हजार रुपियाँ अनि दोस्रो उपविजेतालाई 50 हजाररूपियाँ मुख्यमन्त्री चामलिङको तर्फबाट प्रदान गरियो। यसका साथै शीर्ष 22 मध्ये एकजनालाई नेपाल र सिक्किमको संयुक्त प्रयासमा बनिने नेपाली चलचित्रमा अवसर प्रदान गर्ने आयोजक मसितिले बताएको छ। कार्यक्रममा आठ जनालाई सब टाइटल र 10-10 हजार रुपियाँ नगद पुरस्कार र उपहार पनि प्रदान गरिएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares