सिक्किमे युवाहरूले आफ्नो भविष्यको रिमोट कण्ट्रोल आफ्नै हातमा राख्नुपर्छः मुख्यमन्त्री

गान्तोक, 5 नोभेम्बर। सिक्किमे युवाहरूको साथमा सिक्किम सरकार सिक्किमे जनता र उनीहरूको आशिर्वाद छ अनि युवाहरूसित सुन्दर भविष्य छ। यस प्रकारको मन्तब्य मुख्यमन्त्री पवन चामलिङले प्रथम मिष्टर सिक्किमको ग्राण्ड फिनालेमा उपस्थित युवाहरूलाई जोशिलो सम्बोध गर्दै व्यक्त गरेका हुन्। उनले सिक्किमको नेतृत्वमा अघि आउनुपर्ने र राजनीतिमा युवा पुस्ताले सहभागिता जनाउनुपर्ने खुल्ला आमन्त्रण गर्दै युवाहरूको साथमा सरकार र जनताको आशिर्वाद रहेको बताए। मुख्यमन्त्रीले भने, जन्म, मन र विचारले युवा हुनुको मानदण्ड तय गर्छ। आज म मन र विचारले युवा रहेको हुनाले नै युवाहरूको साथमा छु। अहिले सिक्किम देशकै निम्ति उदाहरणीय राज्य बनेको अनि कार्यक्रममा पनि युवाहरूले सिक्किमलाई मोडल राज्य बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको हुनाले राज्य बनाउननको निम्ति सरकार, जनता र युवा मिलेर कार्य गर्नुपर्ने आह्वान गरे। उनले भने, युवाहरूले नेतृत्व गर्नुपर्छ अनि राम्रो मान्छे राजनीतिमा आउनुपर्छ तर आफ्नो जिन्दगीको रिमोट कण्ट्रोल भने युवाहरूले आफ्नै हातमा राख्नुरपर्छ। सिक्किमेको रिमोट कण्ट्रोल सिक्किमेको हातमा हुनुपर्छ मुख्यमन्त्रीले भने।

अर्कोतिर कार्यक्रममै जैविक खेती र हालै सिक्किमले प्राप्त गरेको संयुक्त राष्ट्र अधिनस्थ संस्थानको मान्यता प्राप्त फ्यूचर पोलेसी अवार्ड र जैविक खेतीपातिको विषयमा पनि उपस्थित युवा जमातलाई मुख्यमन्त्रीले अवगत गराए। उनले विश्वमा केवल एक प्रतिशत मात्र जैविक खेती रहेको अनि सो खेती पनि आफ्नो इच्छले मात्र खेती गर्ने गरेको अनि सिक्किमले मात्र सरकार लागेर राज्यलाई नै जैविका राज्य बनाउन सफल भएको अनि यसलाई संयुक्त राष्ट्र अनि विश्वले नै सराहना गरेको बताए। यसरी सरकारको 2003 देखिको लामो संघर्ष 2015-मा आएर पूरा भएको र अहिले विश्वमा सिक्किम जैविक ब्राण्डको रूपमा स्थापित भएको हुनाले यस ब्राण्डलाई युवा पुस्ताले भरपूर प्रयोग गर्नुपर्ने अनि यसलाई अवसरको रूपमा लिनुपर्ने बताए।

मुख्यमन्त्रीले देश स्वाधीन भएको 72 वर्ष बितिसक्दा पनि सिक्किम बाहेक कुनै राज्यको नेताले पाँच वर्ष भित्रमा जनताको न्यूनतम आवश्यकता पूरा गर्छौं भनेर भोट माग्न नसक्ने तर सिक्किममा आफ्नो सरकारले सो कर्य गरेर देखाएको बताउँदै जैविक घोषणाले सब्जीको दाम बड्यो भन्छन् तर सिक्किमे जनताको सबैभन्दा बेसी भाउ बडेको छ यसलाई घट्न दिनुहुँदैन। मान्छेको भाउ बड्नु भनेको सबैभन्दा ठूलो उपलब्धी हो। यसैगरी सिक्किममा भएको शान्ति सुरक्षा र अवसलाई सुरक्षित राख्ने सरकारको नेतृत्वमा भएको विकासको पूर्वाधार र चेतनाले अहिले सिक्किम सिङ्खाम (स्वर्ग) बनिसकेको अनि स्वर्गमा बरस्ने सबै देवी देवता जस्तो भैसकेको पनि बताए। मुख्यमन्त्रीले युवाहरूलाई सिक्किममा भएको अवसर र सिक्किमको ब्राण्डलाई प्रयोग गरेर योसको दीर्घम्यादी लाभ उठाउने पनि आह्वान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया