हाम्रो सिक्किम पार्टी बन्यो डिजिटल

गान्तोक, 5 नोभेम्बर। भाइचुङ भोटियाको राजनैतिक संगठन हाम्रो सिक्किम पार्टी (एचएसपी) आजदेखि डिजिटल संसारमा प्रवेश गर्दै पार्टीको क्रियाकलाप र पार्टी कार्यकर्ताहरूलाई सधैँ जोडेर राख्ने भन्दै हाम्रो सिक्किम मोबाइल एप शुरु गरको छ। पार्टीको उपाध्यक्ष भाइचुङ भोटियाको बाहुलीबाट आज गान्तोकको देउराली स्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजन गरेर एप सार्वजनिक गरियो। यस अवसरमा उपाध्यक्ष भोटियाले भने संभवत भारतको पहिलो राजनैतिक दल हौ हामी जसले डिजिटल एप द्वारा कार्यकर्तासित सम्पर्क बनाउने पहल थालेको छ। निश्चित रूपमा भविष्यमा यो प्रक्रिया सबै दलहरूले अनुसरण गर्ने नै छन् जसमा राष्ट्रिय राजनैतिक दलहरूले पनि यसलाई प्रयोग गरेर अघि आउने उनले दाबी गरे। यसरी एप तयार पारेर सदस्यहरूलाई जोड्ने र भविष्यमुखी टेक्नोलोजी मैत्री राजनैतिक दलको रूपमा हाम्रो सिक्किम पार्टी रहेको बताए। एपका डिजाइनर अनि पार्टीका प्रवक्ता विराज अधिकारीले यो एप मार्फत सदस्यता लिनसकिने, पार्टीलाई चन्दा दिनसकिने तथा पार्टीको सबै क्रियाकलापमार्फत जानकार रहन सक्ने र विश्वको कुनै ठाउँमा बसेर पनि हाम्रो सिक्किम पार्टीसित निरन्तर सम्पर्कमा रहनसक्ने सुविधा प्रदान गरिएको बताए। गुगल प्लेस्टोरसित सम्पर्कमा रहेको यो मोबाइल एपले सधैँ हाम्रो सिक्किम पार्टीको आवाज सुनाइरहने र मोबाइल हल्लाउँदा जय हाम्रो सिक्किम भन्ने आवाज निकाल्ने गरेको पनि बताए। यसले कार्यकर्ताहरूमा सधैँ पार्टीसित जोडिएर रहने सम्भावना बढाएको प्रवक्ता अधिकारीले बताए। एप सार्वजनिक कार्यक्रममा उपाध्यक्ष डॉ. विणा बस्नेत, महासचिव प्रेम कार्की र उपाध्यक्ष तिर्थ शर्माको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares