नाथुला सीमा व्यापारबाट चिनीको तस्करी भएकोले सिक्किमेले चिनी नपाएको एसकेएमको आरोप

गान्तोक, 5 नोभेम्बर। 2006 सालमा खोलिएको भारत-चीन सीमा सिक्किमको नाथुला भञ्जाङबाट अहिले सिक्किमको खाद्य तथा नागरिक आपूर्ती विभागका उच्च पदस्थ अधिकारीहरूको मिलिभगतमा अवैध रूपमा चिनीको तस्करी चीन तर्फ भइरहेको गम्भीर आरोप विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चाले लगाएको छ। दशैं र तिहारमा जन वितरण प्रणाली (पीडीएस) मार्फत प्रदान गरिने चिनी सिक्किमे गरीब जनताले नपाएको बताउँदै यसको पछाडी भारत-चीन सीमा व्यापारमार्फत हुने ठूलो चिनी घोटालाको हात रहेको एसकेएम प्रवक्ता जेकब खालिङले आरोप लगाएका छन्। उनले देउराली स्थिति पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने भारत सरकारको आइबी, रअ र अन्य गुप्तचर विभागले देशको अर्थनीति र आन्तरिक सुरक्षाको निम्ति यसबारे गम्भीर हुनुपर्छ। किन भने भारत सरकार र चीन सरकारबीच  भएको सम्झौता अनुरूप सुचिकृत आयत निर्यात सामानको सूचीमा चिनी पर्दैन तर चिनीको माग चीनको व्यापारीहरूले धेरै लाभ दिएर गरिरहेको हुनाले सिक्किम सरकारको विभागीय उच्च अधिकारीहरूले मिलेर चिनीको तस्करी ठूलो मात्रमा चलाइ रहेको छ। उनले भने, यो चिनी स्क्याम भइरहेको छ यसले देशको चिनी उद्योगदेखि लिएर राज्यको आम जनताको मुखको भाग समेत खोस्ने काम गरेको छ यसबारे भारत सरकारले चाँड रोक लगाउनुपर्छ।

अर्कोतिर उनले पत्रकारहरूसित कुराकानी गर्दै आगामी तिहारको समय सिक्किम पुलिसका जवानहरूले तीन दिने छुट्टीको साटो केवल दुइ दिन मात्र छुट्टी पाउने एडीजीपी (लअ एण्ड अर्डर) अक्षय सचदेवाले जारी गरेको सूचनाको विरोध गर्दै पुलिस अधिकारी राज्य सरकारभन्दा ठूलो नरहेको र राज्य सरकारको क्यालेण्डरको छुट्टीलाई एडीजीपी सचदेवाले अदेखा गरेको बताउँदै तिहार मान्ने सबै पुलिसले क्यालेन्डर अनुसारकै छुट्टी पाउनुपर्ने बताए। अर्कोतिर पाकिम महकुमा अन्तर्गतको पीडब्लुडी सड़कमा कार्यरत कर्मचारीहरूले चाँडको बेलामा दुइ महिनादेखि तलब नपाएको बताउँदै तिहार अघि तलब भुक्तान गर्नुपर्ने माग पनि राखे। यसैगरि 48 दिन अघि सिक्किम पुलिसमा भर्ना भएको 880 जना युवाहरूले अहिलेसम्म प्रशिक्षणको निम्ति आदेश नपाएको र त्यो आदेश चाँडो लागु गर्नुपर्ने माग गरेको छ। यसैगरि राज्य सरकारले अवैधानिक रूपमा सिक्किम सरकारको वेबसाइट संचालनको निम्ति दुइ करोड़ रूपियाँ भुक्तान गर्ने भनेर दिल्लीको एक व्यक्तिलाई नियुक्ति दिएर स्थानीय प्रतिभाको घोर अपमान गर्नका साथै अधिकारीको दुरूपयोग गरेको आरोप लगाए। पत्रकारसम्मेलनमा महासचिव अरूण उप्रेती प्रचार सचिव अभिषेक शर्मा र रजनी प्रधानको पनि उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares