छाङ्गुमा हिँउ पऱ्यो पर्यटक रोमाञ्चित

गान्तोक, 8 नोभेम्बर। शरदको घाम छड्किन साथै बढेको चिसोले सिक्किमको उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ भने राजधानी गान्तोक वरपर जाँडोको प्रकोप बढेको छ। छाङ्गु नाथुला क्षेत्रमा हिज अपराह्नमा सालको दोस्रोपल्टको हिमपात भएको छ। दिउँसै देखि मौसम चिसो भएपछि विस्तारै दिन छिप्पिदै जाँदा हिउँ पर्न थालेको र साँझसम्म छाङ्गु छिप्सु गाउँको घार धुरी र बाटाहरू सेताम्मे बनेको छ। यद्यपि अहिले लामो समयसम्म बस्ने हिउँ नभएको तर पछिल्लो हप्ताको भन्दा निक्कै बाक्लो हिमपात भएको कारण स्थानीयहरूले अब निरन्तर हिमपात भइरहेको खण्डमा मौसम अझ चिसो हुने संकेत दिएको बताएका छन्। तिहारको छुट्टीको छेका पारेर आएका पर्यटकहरूलाई भने अचानक चिसो बढेर हिउँ परिदिएकोले निक्कै रोमाञ्चक माहोल सिर्जना गरिदिएको बताएका छन्। हिउँ परेको खबरसितै पर्यटकहरूमा छाङ्गु नाथुला घुम्न जाने चासो दोब्बर बन्दै गएको पर्यटन हितधारकहरूले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया