गेजिङमा कराते च्याम्पियन आरम्भ

गान्तोक, 17 नोभेम्बर। पश्चिम जिल्लाको गेजिङमा पहिलो कराते च्याम्पियन प्रतियोगिता तथा प्रशिक्षण आरम्भ भएको छ। अतिरिक्त जिल्लापाल तेन्जिङ लोडे लेप्चा मुख्य अतिथि रहेको कार्यक्रममा सिक्किमलगायत नेपाल र पश्चिम बंगालका विद्यार्थीहरूले पनि प्रशिक्षणमा भाग लिएका थिए भने कराते प्रदर्शन गरेका थिए। उनीहरूले आत्मरक्षाको विभिन्न तकनीकीको पनि प्रदर्शन र जानकारी गराइएको थियो। दुई दिने कार्यक्रमको समापन भोली हुनेछ। यस अवसरमा प्रतियोगीहरूले प्रदर्शनी र प्रतियोगित्मक दुवै खाले तकनीकको प्रदर्शन गरिरहेका छन्। कार्यक्रममा अमेरिकाबाट विशिष्ट अतिथिको रूपमा प्रा. बेरो बोगेन र बीडीओ विश्व विरेन्द्रराज गुरूङको पनि उपस्थिति रहेको म्यारथन म्यान अमर सुब्बा जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares