राफ्टिङ दश-बाह्र दिनभित्र पुन: सुचारू हुने: राफ्टिङलाई सुरक्षित र व्यवस्थित गरिनेछ-विनय तामङ

कालेबुङ, 18 नोभेम्बर:  पहाडमा साहसिक पर्यटनको रूपमा रहेको राफ्टिङलाई जीटीएले पुनः सञ्चालनमा ल्याउने भएको छ। गत केही महिनाअघि टिस्टा रिभर राफ्टिङ दुर्घटनामा परेर महाराष्ट्रकी एकजना महिला पर्यटकको मृत्यु भएपछि प्रशासनले राफ्टिङ सञ्चालनमा प्रतिबन्ध लगाएको थियो।

यसैले आज कालेबुङको डेलो टुरिज्ट लजमा जीटीए अध्यक्ष विनय तामाङले जीटीए मुख्य सचिव सइद अहमद बाबा, कालेबुङ जिल्लापाल डा. विश्वनाथ, पुलिस अधिक्षक, विभागीय अधिकारीहरू साथै राफ्टिङ सम्बन्धी सङ्गठनहरूसित बैठक गरेर राफ्टिङलाई सुरक्षित अनि व्यवस्थित गरेर पुन: सञ्चालन गर्ने गर्ने निर्णय लिइएको छ।

‘आज लगभग ढेढ घण्टासम्म चलेको बैठकले राफ्टिङलाई रेगुलराइज गर्ने अनि सिस्टममा ल्याउने निर्णय लियो’-बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले भने, ‘हामी पर्यटकहरूको सुरक्षा पनि हेर्छौँ अनि राफ्टरहरूको अवस्था पनि हेर्छौँ।’

तामाङ अनुसार राफ्टिङलाई सञ्चालन गर्न जीटीएले मोनिटेरिङ कमिटी बनाउनेछ। कमिटीले स्थगलगत् निरिक्षण गरेर राफ्टिङको सुरक्षा सम्बन्धी ध्यान दिनेछ। कमिटीले गाइडलाइनहरू बनाउनेछ अनि त्यसैको आधारमा राफ्टिङ चल्नेछ।

प्रत्येक राफ्टिङलाई कमिटीसित आबद्ध गराए नम्बर प्रदान गरिनेछ अनि नोटिफिकेसन जारी गरेर 10-12 दिनभित्र राफ्टिङ पुर्नसञ्चालन गरिने तामाङले बताए।

आगामी 22 नोभेम्बरका दिन कालेबुङ जिल्लापालको नेतृत्वमा ड्राफ्टिङ कमिटीको बैठक आयोजना गरिने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares