विनय तामाङद्वारा नोभेल्टी मोटरसट्याण्डको निरिक्षण: सम्भवत: मार्च महिनाभित्र काम पूरा गर्ने आश्वासन

कालेबुङ, 18 नोभेम्बरकालेबुङको दिर्घकालीन कार पार्किङको समस्या चाँडै समाधान हुनसक्ने सम्भावना छ। किनभने जीटीएले सम्भवत: आगामी मार्च महिनाभित्र नोभेल्टीमा निर्माण हुँदैगरेको मोटरसट्याण्डको काम पूरा गर्ने भएको छ। आज जीटीए बोर्ड अफ् एडमिन्सट्रेसनका अध्यक्ष विनय तामाङले पार्किङस्थलको निरिक्षण गर्दै सम्भवत: मार्च महिनाभित्र काम पुरा गर्ने आश्वासन दिएका हुन्।

धेरै वर्षअघिदेखि नोभेल्टी परिसरमा कार पार्किङस्थलको निर्माण भइरहेको भएपनि अहिलेसम्म काम पूरा भइसकेको छैन। विभागीय ढिलाई अनि पार्किङस्थलको निर्माणको कारण माँ सन्तोषी टोलका विस्थापित हुने कैयौँ परिवारहरूलाई अन्यन्त्र सार्नपर्ने समस्याको कारण पार्किङस्थलको काम पूरा हुन सकेको थिएन।

यसैले आज जीटीए चियरमेन विनय तामाङ, जीटीए मुख्य सचिव  सइद अहमद बाबा, कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधान साथै विभागीय अधिकारीहरूले निरक्षण गरे।

‘यो मोटरसट्याण्डको काम दुई वर्षअघि पूरा भइसक्नुपर्ने हो, तर विभिन्न कारणहरूले गर्दा पूरा हुन सकेन’-तामाङले भने, ‘स्थानीय मानिसहरूलाई पनि हामी अन्याय हुन दिँदैनौँ, उनीहरूका निम्ति ठाउँ स्वीकृत भइसकेको छ। पहिला नगरपालिकासित उनीहरूको जुन सम्झौता भएको थियो त्यसैको आधारमा काम गर्नेछौँ।’

उनले उक्त मोटरसट्याण्ड सम्पूर्ण कालेबुङबासीको हितमा निर्माण हुन गइरहेको अनि यसलाई कुनैपनि अवस्थामा पूरा गर्ने तामाङले बताए। यदि बहुतले मोटरसट्याण्डको काम पूरा भएको खण्डमा कालेबुङको ट्राफिक समस्या धेरै हदसम्म पूरा हुने आशा छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares