जनताको कला, जीवन, संस्कृति, संगीत र साहित्यको निम्ति मञ्च “द पिपल्स स्टुडियो”

गान्तोक, 18 नोभेम्बर। सिक्किमबाट पूर्वोत्तर राज्यका जनजीवनको कथा व्यथा र संस्कार संस्कृतिको राम्रो व्याख्यान गर्दै अक्षर र फोटोहरूमा अनुवाद गर्न सक्षण चर्चित अंग्रेजी म्यागेजिन आर्टेमले अर्को पहलको रूपमा जनताको निम्ति कला, साहित्य र जनजीवनको झाँकीहरूलाई प्रदर्शन र प्रोत्साहनको निम्ति आइतबार सिक्किमको राजधानी गान्तोकमा “द पिपल्स स्टुडियो” शुरु गरेको छ। “द पिपल्स स्टुडियो” तर्क, वाद-विवाद, प्रदर्शन र खनतलासको निम्ति सबैलाई खुल्ला मञ्चको रूपमा ठाउँ उपलब्ध गराउने लक्ष्य बोकेको कला, संस्कृति र साहित्य अनि विचारको आँगनको रूपमा अघि आएको छ।

आइतबार अपराह्न उद्घाटनकै छेका पारेर अंग्रेजी कविता लेखन, भिडियो फिल्म, फोटोग्राफी, चित्रकला, संगीतमा दर्शन जस्ता कार्यक्रम राखिएको थिओ। अंग्रेजी लेखनबारे कविताको कार्यशाला धर्मशालाका चर्चित एंव जुझारू तिब्बती कवि तेञ्जिङ छुण्डुले स्थानीय युवाहरूलाई कक्षा संचालन गरेका थिए। उनले “द पिपल्स स्टुडियो” ले फराकिलो मञ्च प्रदान गरेको बताए।

आर्टेमकी प्रमुख सम्पादक कोमल चामलिङले स्टुडियो खोल्नुको पछिको उद्देश्यबारे बताउँदै पूर्वोत्तर राज्यहरूको विषयमा आर्टेमले गर्दै आएको कार्यलाई अझ फराकिलो ठाउँ उपलब्ध गराउने तथा अंग्रेजी भाषा बाहेक नेपाली भाषामार्फत पनि कला, संस्कृति, लोक जनजीवन र अन्य विषयहरूकोबारेमा जनमञ्च तयार पार्ने उद्देश्यले स्टुडियो खोलिएको बताइन्। अर्कोतिर स्टुडियोमा पाठकहरूको निम्ति पढ्ने पाठक कक्षाको रूपमा पनि विकास गरेर अंग्रेजी र नेपाली भाषाको पुस्तकहरू राखिएको अनि हप्ताको पाँचदिन नै सबैको निम्ति खुल्ला रहने यो स्टुडियोलाई सक्दो सबैले प्रयोग गरेर यसबाट लाभ उठाउनुपर्ने तथा सबैको सहभागिताले नै यसको स्थापनाको लक्ष्य सफल हुने सम्पादक चामलिङले बताइन्।

आजको उत्घाटन कार्यक्रममा दुइवटा मणिपुरी लघु चलचित्र प्रदर्शन गरिएको थियो। यसैगरि सिक्किमेली फोटोग्राफर कुङ्गा टासीको फोटोको भिजुअल प्रदर्शनी राखिएको थियो। अर्कोतिर कलाकार कर्मा थेनरपको यो मेरो ब्रह्माण्ड र पैसा श्रृङ्खलाको चित्रकला प्रदर्शनमा रहेको थियो। संगीत र दर्शनबारे वार्ता अनि प्रस्तुती रिदा गट्पो र पिटर मारब्याङले सोनाम टासी ग्याल्छेनको सहजीकरणमा कार्यक्रम राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares