युवाहरूलाई सहासिक खेलकूदमा प्रोत्साहित गर्न सिक्किम एमटीबी प्रतियोगिता

गान्तोक, 18 नोभेम्बर।  युवाहरूलाई सहासिक खेलकूदप्रति आकर्षित गर्दै जीवनको लक्ष्य प्राप्तिको निम्ति प्रोस्ताहिस गर्ने उद्देश्यले सिक्किम सरकारको खेलकूद तथा युवा मामिला विभागले क्रसकन्ट्री स्टाइलको माउन्टेन बाइकिङ प्रतियोगिता आयोजन गर्ने भएको छ। विभागका अतिरिक्त निर्देशक सहासीक प्रभाग एभरेस्टर कुञ्जाङ ग्याछोले पत्रकार सम्मेलन आयोजन गरेर आगामी 25 नोभेम्बरको दिन सिक्किम एमटीबी कम्पिडिशन आयोजन गर्ने बताए। खुल्ला प्रतियोगिताको रूपमा आयोजन गरिएको यो प्रतिस्पर्धामा दार्जीलिङ, कालेबुङ, गौहाटी, कोलकत्ता समेत पश्चिम, दक्षिण र उत्तर सिक्किम तथा गान्तोकका माउन्टेन बाइकरहरूले सहभागिता जनाउने चासो देखाइरहेको बताए। यसको निम्ति अहिले 50 भन्दा अधिक बाइकर्सहरूले सहमती दिइसकेको र गान्तोकबाट मात्रै 15 जनाले फारम भरिसकेको एंव दार्जीलिङबाट 15 कालेबुङबाट 10 तथा अन्य ठाउँहरूबाट बाइकरहरू आउने निधो भएको बताए।

निशुल्क प्रवेश राखिएको एमटीबी प्रतियोगिता एमजी मार्ग गान्तोकबाट शुरु भएर टासी भ्युपोइन्ट, पाङथाङ, साम्दोङ, अप्पर तुमीन, खाम्दो-साङ, रूम्तेक- आदमपुलसम्मको लगभग 65 किलोमिटरको सडकमा बाइकिङ गराइऩे छ। आगामी 23 नोभेम्बरसम्म पंजिकरण गर्न सकिने तथा विजेताहरूलाई नगत पुरस्कार 30,20 र 10 हजार तथा सान्तवाना पुरस्कार 5 हजार रूपियाँ राखिएको छ।

एभरेष्टर ग्याछोले भने, अहिले माउन्टेन बाइकिङलाई ओलम्पिकले पनि आप्नो खेलमा सामेल गरेको छ भने यसले युवाहरूलाई सधैँ फीट राख्ने र सहासिक खेलकूदप्रति आर्कषित गर्ने गर्दछ। उनले भने अहिले सिक्किमे युवाहरूमा पनि यो खेलप्रति चासो बढ्न थालेको हुनाले विभागीय सचीव एसडी ढकालकै तत्परतामा यसलाई विभागले वार्षिक कार्यक्रमका रूपमा लिने निर्णय गरेको बताए।

राष्ट्रपति महात्म गान्दीको 150 औं जन्म दिवसको अवसरमा उनकै निम्ति समर्पित सिक्किम माउन्टेन बाइकिङ प्रतियोगिताले युवाहरूलाई ओलम्पिकसम्म पुग्ने सपना हेराउने उद्देश्यले पनि यसलाई विशेष उत्साहसित आयोजन गर्न लागिरहेको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares