दक्षिण सिक्किमको याङयाङ भयानक वाहन दुर्घटना 6 जनाको मृत्यु तीन घाइते

गान्तोक, 19 नोभेम्बर। दक्षिण सिक्किमको पापोङ-याङयाङ रोडमा दुर्घटनामा परि ज्यान गुमाउनेहरुको संख्या ६ जना पुग्यो। घटना हिजो राति लगभग साँढे सातबजी तिर भएको हो। एसके०१जे०८८८ नम्बरधारी म्याक्स गाडी दुर्घटना ग्रस्त हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको थियो। गम्भीर घाइते बनेका तीनजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनाको ज्यान गुमाउने र गम्भीर घाइते बन्नेहरु प्रायः सबै अप्पर याङयाङ निवासी हुन्। उनीहरू नामथाङबाट विवाहमा सहभागी बनेर घर फर्किंदै गर्दा ढुंगेल गाँउ माङले सिञ्चुथाङ नजिक रातोमाटे डाँडा छेउमा यो भीषण दुर्घटना भएको हो । उक्त यात्री अनुमानित ८०० फिट तल झरेको स्थानीय गाउँलेहरुको भनाई छ। अन्य घाइतेहरुको उपचार गान्तोकस्थित मणिपाल अस्पतालमा चलिरहेको छ, तीमध्ये तीनजनाको स्थिति चिन्ताजनक रहेको थाहा लागेको छ। उनीहरूलाई घटनास्थलबाट तत्कालै निकालेर सिङ्ताम अस्पतालमा लगिएको थियो। त्यस पश्चात् मणिपाल अस्पतालमा रेफर गरिएको हो। दुर्घटनामा पर्नेमा याङयाङ राङगाङ ग्राम पञ्चायतका आरडीए तिलक गुरुङ, चालक भिम राई,जोएल गुरुङ (नानी),चन्द्रबहादुर गुरुङ,पूर्णिमाया गुरुङ,नरबहादुर गुरुङको मृत्यु भएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares