यातायात र अन्य समस्याहरूको कारण प्रभावित बन्दैछ कफेरको पर्यटन व्यवसाय  

कालेबुङ, 19 नोभेम्बर:

कालेबुङ जिल्लाको प्रमुख पर्यकीय स्थलहरूमध्ये एउटा हो-कफेर लोलेगाउँ। जो सिलगढीदेखि 123 किलोमिटर टाडामा अवस्थित छ। प्राकृतिक रूपमा अत्यन्त सुन्दर र मनमोहक रहेको कफेर कालेबुङबाट रेली भएर 30 किलोमिटर टाडामा पर्दछ भने कालेबुङदेखि लाभाबाट 54 किलोमिटर अनि लाभादेखि केवल 24 किलोमिटर टाडामा अवस्थित छ।

कञ्चनजङ्गाको मनोरम दृष्य, मनै लोभ्याउने सुर्योदय, अर्किड र अन्य फूलहरूका सुन्दरता, हरियो बन जङ्गल, आकर्षक हेङ्गिङ ब्रीज, रङ्गी विरङ्गी चरा चुरुङ्गीहरू, खोला-नाला आदि यहाँका प्रमुख आकर्षीय प्राकृतिक सम्पदाहरू हुन्। जुन स्पदाहरूका कारण नै यहाँ कैयौँ देशी तथा विदेशी पर्यटकहरू आउने गरेका छन्।

समुद्रतहदेखि 5 हजार 2 सय फिट उचाइमा रहेको कफेरमा कलकत्ता, दिल्ली, मुम्बई साथै देशका विभिन्न राज्यहरू एवं विदेशबाट पनि पर्यटकहरू आएर रमाउने गर्छन्।

बिहान झण्डीडाँडाबाट देखिने सूर्योदय, वर्षौदेखि कफेरलाई चिनाउने हेङ्गिङ ब्रीज, कञ्जजङ्गाको सुन्दरता र अनेकौँ प्राक्तिक सम्पदाहरूले परिपूर्ण कफेरको शान्त वातारणमा रम्नका निम्ति कफेर धेरै पर्यटकहरूको रोजाइको केन्द्र बन्दै आएको भएपनि धेरैवटा पूर्वाधारहरूका अभावका कारण कफेरको पर्यटन व्यवसाय सम्भावाना र चुनौतिहरूमाझ जुझ्दै आएको छ।

स्थानीय चालक आइते तामाङ अनुसार लाभादेखि कफेरको सडकको जीर्ण अवस्थाका कारण हिजोआज पर्यटकहरू कफेर जान हिचकिचाउँछन्। गाडामी करीब 40 मिनटको बाटोमा अहिले ढेङघण्टा सम्म लाग्ने  गर्छ। सडकको सोचनीय अवस्थाले आफूहरूले धेरै सास्ती भोग्न परिरहेको उनले बताए।

यसरी नै स्थानीय पर्यटन व्यवसायी तेम्बा शेर्पा अनुसार कफेर पर्यकीय सम्भावना बोकेको ठाउँ हँदाहुँदै पनि यातायातको समस्या सोचनीय छ। कफेरमा एउटा  स्वास्थ्य केन्द्रसमेत छैन। यहाँ  न त पानीको सुविधा छ, त पूर्वाधारहरू तयार छ। ब्याङ्कि सेवासमेत नरहेको कफेरमा बिजुलीको अनियमिताको समस्या ठूलै समस्या बनिरहेको छ। जसले गर्दा पर्यटन व्यवाय फस्टाउनको सट्टा धेरै घट्दै गइरहेको अनि विभागले समेत कुनै पहल नगरीरहेको स्थानीय पर्यटन व्यवसायीहरूको गुनासो छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares