भुइँचालोले क्षति पुऱ्याएको पबिक गुम्पाको वैकल्पिक गुम्पाको निर्माण पूरा

गान्तोक, 20 नोभेम्बर। पूर्व सिक्किमको स्यारी निर्वाचन क्षेत्रको पबिक गुम्पाको ऐतिहासिक धरोहरलाई 2011 सालको बिनाशकारी भुइँचालोले पुर्याएको क्षतिपछि सरकारले स्थानीय जनता र बौद्ध भिक्षुहरूको इच्छानुसार नयॉं गुम्पा निर्माण गरिदिएकोमा बौद्ध लामाहरूले सरकारप्रति खुशी व्यक्त गर्दै उक्त गुम्पा चॉंडै उद्घाटन गर्ने बताएका छन्। गुम्पा निर्माण पूरा भइसकेको बताउॅंदै गुम्पा समितिका अध्यक्ष लामा सोनाम तेन्जिङ लेप्चाले आगामी 27 नोभेम्बरको दिन विधिवत उद्घाटन गरेर भक्तहरूको निम्ति खुल्ला गरिने बताए। पूर्व सिक्किमको पुरानो बौद्ध गुम्पाहरूको सूचीमा सबै भन्दा पुरातन धरोहरकै रूपमा चिनिने पबिक काग्यु गुम्पाको मूल ढॉंचा 1715 मा निर्माण गरिएको हो।

लगभग तीन सय वर्ष पुरानो बौद्ध धरोहर भुइँचालोले चर्किएपछि मरम्मति गर्न समय लाग्ने भएकोले बौद्ध भिक्षुहरूका निम्ति सरकारले प्रदान गरेको 1 करोड 25 लाख रूपियॉंबाट छेवैमा वैकल्पिक गुम्पा निर्माण गरिएको र त्यसको निर्माण पूरा भइसकेको छ। आगामी 27 नोभेम्बरको दिन मुख्यमन्त्री पवन चामलिंगले उक्त गुम्पाको विधिवत उद्घाटन गर्नेछन्। उक्त गुम्पा निर्माणमा लगभग 2 करोड रूपियॉं खर्च भए पनि सरकारी धन राशि सकिएपछि उक्त गुम्पा निर्माणमा खटिएका अभियन्ता तेन्जिंग लाम्टा स्वयंले गुम्पामा स्थापित गरिएको तीनवटा बौद्ध धर्मका प्रमुख देव बुद्ध, पद्मसम्भव र अवलोकेतेश्वरको प्रतिमा निर्माण गरिदिएको साथै अन्य रहल आवश्यकताहरू पनि उनै मार्फत पूरा गरिदिएर सम्पूर्ण भक्त र लामाहरूलाई अनुग्रहित तुल्याएको बताए। अर्कातिर, पुरानो गुम्पा सिक्किमकै पुराना गुम्पहरू मध्ये पुरानो भएकाले यसलाई रेट्रो फिटिंग तथा अन्य तकनीकहरूको प्रयोग गरेर मरम्मत गरिदिने राज्य सरकारप्रति आशा र भरोसा रहेको गुम्पाका लामाहरूले बताए।

यस बारेमा नयॉं गुम्पा बनाइदिएर मुख्यमन्त्री र सरकारले सबै भन्दा ठूलो गुण लगाएको र अब चॉंडै पुरानो गुम्पालाई पनि मरम्मत गरिदिए यो ऐतिहासिक धरोहरको संरक्षणसितै काग्यु सम्प्रदायको पुरानो गुम्पाको अस्तित्व सॅंधै बाचिरहने बताए। उल्लेखनीय छ राजधानी गान्तोकको नजिकै रहेको यो बौद्ध तीर्थस्थल पर्यटकहरूको निम्ति पनि आकर्षणको केन्द्र रहेको छ भने अझ नयॉं गुम्पा निर्माणले थप सहयोग पुग्ने देखिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares