एनजेपीमा यात्रीनिवास सुविधाको माग

कालेबुङ, 22 नोभेम्बर:  कालेबुङको एउटा गैरसरकारी संस्था कालेबुङ कृषक कल्याण सङ्गठनले आज केन्द्रिय रेलवे मन्त्रीलाई एउटा पत्रचार गर्दै एनजेपीमा यात्रीनिवास सुविधा हुनपर्ने माग गरेको छ।

‘लाखौँ यात्रीहरू आवज-जावत गर्ने एनजेपीमा यात्रीनिवासको सठिक सुविधा छैन, जबकी अन्य ठूल्ठूला स्टेसनहरूमा यात्रीनिवासको राम्रो सुविधा हुन्छ’-सङ्गठनका सचिव विष्णु छेत्रीले भने, ‘यहाँ उत्तर बङ्गाल मात्र नभएर नेपाल, भूटान, सिक्किम आदिका यात्रीहरू पनि आउने-जाने गरेकाले यात्रीहरूका सुविधाको निम्ति यात्रीनिवास बनाइदियाजावोस् भनेर माग गरेका छौँ।’

उनले एनजेपीबाट दिल्ली मुम्बई अनि चेन्नाई जानका निम्ति दुरन्तो एक्सप्रेसको पनि माग गरेको बताए। एनजेपीमा ट्रेनहरूको अभावलाई केन्द्र गरेर सङ्गठनले एनजेपीबाट अपह्रान्न कलकत्ता फर्किने शताब्दी ट्रेन अनि एनजेपीदेखि गुवाहाटीबीटच पनि शताब्दी ट्रेन चलाइनदिने माग गरेको छेत्रीले बताए।

यसका अतिरिक्त दार्जीलिङ-सिक्किम जैविक खेतीसित संलग्न भएपनि उनीहरूले सडक यातायातबाट नै आफ्ना उत्पादनलाई बजारसम्म पुऱ्याउनुपर्ने बाध्यता छ। यसैले यी सबै ट्रेनहरूमा पनि जैविक उत्पादनहरू लाने व्यवस्था हुनुपर्ने सङ्गठनले माग गरेको छ। यदि यस्तो हुनसकेको खण्डमा दार्जीलिङ-सिक्किमका कृषकहरूको समुचित विकास हुने सङ्गठनको दावी छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया