कालेबुङ नगरपालिद्वारा शहीद पार्क जीर्णोद्वार गरिँदै

कालेबुङ, 22 नोभेम्बर:  कालेबुङ नगरपालिकाले 11 माईल तोपखानामा अवस्थित शहीद पार्कको जीर्णोद्वार गर्ने भएको छ। 1986 को गोर्खल्याण्ड आन्दोलनका शहीदहरूको सम्झनामा निर्मित शहीद पार्कको वर्षौदेखि मरमत्ति समेत नभएको कारण कालेबुङ नगरपालिकाले ग्रिन सिटी मिसन अन्तर्गत शहीद पार्कको जीर्णोद्वार गर्ने भएको हो।

नगरपालिका अध्यक्ष रवि प्रधान अनुसार पहिलो चरणमा 19 लाख रुपियाँको लागतमा काम शुरू हुनेछ। पार्कमा बस्ने व्यवस्था, गेट, शौचालय आदिको काम पहिलो चरणमा हुनेछ। यसरी नै दोस्रो चरणमा फाउन्टेन लाइट, अर्नामेन्ट लाइट आदि जडान गरिनेछ।

‘जातिको निम्ति जतिपनि मानिसहरूले प्राणको आहुती दिए ती शहीदहरूका नाममा निर्माण गरिएको शहीद पार्क अहिलेसम्म मरमत्ति हुन सकेको थिएन’-प्रधानले भने, ‘यसैले विगतको शहीद दिवसमा आउँदा शहीद पार्क जीर्णोद्वार गर्ने घोषणा गरेको थिएँ, जुन कुरा आज पूरा हुँदैछ।’

अलग राज्य गोर्खाल्याण्डको मागमा शहीद बनेकाहरूको सम्झनामा बनाइएको  उक्त शहीद पार्कको काम आजदेखि शुरू भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया