सिक्किम हिलायन एससीले पायो युथ आइलीगमा खेल्ने मौका

गान्तोक, 22 नोभेम्बर। सिक्किममा पछिल्लो केही वर्ष यता फुटबलको निम्ति चिचुला प्रतिभाहरूलाई स्याहारेर सुन्दर फलमा परिणत गर्ने ध्याउन्नमा रहेको सिक्किम हिमालयन स्पोर्टिङ क्लबले युवा प्रतिभाहरूलाई राष्ट्रिय र क्षेत्रिय स्तरमार्फत युवा खेलाड़ीहरूलाई फराकिलो मञ्च प्रदान गर्दै आएको छ। यसैक्रममा सेकेण्ड डिभिजन आइ लीग खेल्न सक्षम सिक्किम हिमालयन स्पोर्टिङ क्लबले यसै वर्षदेखि भारतीय फुटबल संगठन (आइएफए) ले शुरु गरेको अण्डर 18 युथ आइलीगमा सहभागी हुने मौका पाएको छ। सिक्किम हिमालयन स्पोर्टिङ क्लबको टीम भोलि प्राथमिक चरण अर्थात क्षेत्रिय स्तरको प्रतियोगिताको निम्ति मणिपुर प्रस्थान गर्ने भएको छ। क्लबका संस्थापक तेञ्जिङ लाम्टाले आज खेलाडी, प्रशिक्षक र प्रबन्धकहरूलाई खादा लगाएर जीतको शुभकामना दिँदै विदा गरेका छन्।
प्रशिक्षक पुष्प गुरूङले भने अहिले टीमको प्रशिक्षण राम्रो भएको छ भने पछिल्लो दुइ हप्तादेखि पाल्जोर स्टेडियममा निरन्तर अभ्यास गरिरहेको हुनाले राम्रो प्रदर्शन गर्ने आशा रहेको छ। उनले प्रथम खेल क्लब ट्रो सित 28 नोभेम्बरको दिन इम्फालमा खेल्ने त्यसैगरि दोस्रो खेल आइजवल एफसीसित 30 नोभेम्बरको दिन खेल्ने र अन्तिम खेल 2 दिसम्बरको दिन मणिपुरको क्लब निरुपासित हुने बताए। उनले राम्रो तयारी रहेको र राम्रै प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। यो आइलीगले भविष्यको निम्ति राम्रो मञ्च प्रदान गर्ने पनि बताए।

अर्कोतिर क्लबका संस्थापक तेञ्जिङ लाम्टाले भने, सेकेण्ड डिविजन आइलीगमा राष्ट्रिय स्तरको क्लबहरूसित सिक्किम हिमालयन स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गरेर अनुभव बटुल्ने मौका पाएको त्यसपछि सिक्किमे खेलाडीहरूको उत्पादनमा लागी परेको र सिक्किमले आइ लीगमार्फत नै युवा खेलाड़ीहरूको निम्ति राष्ट्रिय स्तरमा जानको निम्ति साँघुको काम गरिरहेको र अनिवार्य रहेको पनि बताए।
सिक्किम हिमालयन स्पोर्टिङ क्लबले राज्यस्तरको प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्नका साथै राष्ट्रिय र क्षेत्रिय स्तरको प्रतियोगितामा पनि युवा खेलाड़ीहरूको निम्ति मञ्च प्रदान गर्दै आएको छ। उल्लेखनीय छ युथ आइलीग अन्डर 18 को यो प्रतियोगिता क्षेत्रिय स्तरको प्रतियोगिता हो भने यहाँ विजयी क्लबले राष्ट्रियस्तरको प्रतिस्पर्धामा भाग लिन पाउनेछन्। यसैगिर यो सालदेखि युथ आइलीग अण्डर 15 पनि शुरु भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares