पहाडको भाजपा चाहन्छ भूमिपूत्र उम्मेदवार

कालेबुङ, 23 नोभेम्बर: आगामी लोकसभा चुनाउलाई लिएर दार्जीलिङ पहाडमा राजनैतिक कसरत शुरू भइसकेको छ। यस्तो स्थानीय भारतीय जनता पार्टीका नेतृत्वहरूले हाइकमाण्डलाई लोकसभा चुनाउमा भूमिगत उम्मेदवार दिनपर्ने माग गर्न शुरू गरेको छ।

‘पहाडमा स्थानीय उम्मेवार नै दियो भने विकास पनि हुन्छ अनि जनताले पनि सासंदसित सजिलै सम्पर्क गर्नसक्छन्’-भाजपा कालेबुङ संयोजिका अन्नपूर्ण चतुर्वेदीले भनिन्, ‘दिल्लीको सासंद दियो भने सानो कुराको निम्ति पनि खर्च गरेर दिल्ली जानुपर्छ।’

उनले यसपल्टको चुनाउमा भूमिगत् सांसद दिने मागमा एउटा प्रस्ताव ग्रहण गरेर हाइकमाण्डलाई पठाइसकेको बताइन्। उनले यसपल्टको चुनाउमा पहाडको विकास र स्थायी व्यवस्था चुनाउको मुख्य एजेण्डा हुनसक्ने बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया