जीटीएले शैक्षिक विकासमा उल्लेखनीय कार्य गरिरहेको : भुवन पी. खनाल

कालेबुङ, 25 नोभेम्बर: लथालिङ भएको पहाड़को शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउन एक वर्षको अन्तरालमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले उल्लेखनीय कार्य गर्नसकेको दावी गोजमुमो कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनालले गरेका छन्‌। उनी अनुसार सन् 1986 देखि 2017 सम्मको क्रियाकलाप र शैक्षिक गतिविधिलाई गहन चिन्तन र अध्ययन गर्नु हो भने शिक्षाको क्षेत्रमा भरपर्दो र उल्लेखनीय कार्य हुन सकेन। तथापि वर्ष 2017 को अक्टोबरदेखि वर्ष 2018 को नोभेम्बरसम्म आइपुग्दा शिक्षाको विकासमा पहाड़ एक कदम अघि आउन सकेको प्रशस्तै दृष्टान्त रहेको उनको दावी छ। उच्च विद्यालयहरूमा शिक्षक नियुुक्तिदेखि लिएर विद्यालय भवन निर्माण, शैक्षिक विकासका निम्ति विभिन्न सेमिनार र कार्यशालाहरू आयोजना, प्राथमिक पाठशालाहरूमा समयमा पुस्तक पठाउने व्यवस्था, पूर्वाधार तयार पार्ने र विद्यार्थीहरूलाई पढ़्‌ने वातावरण तयार पार्न एक वर्षको अन्तरालमा जीटीएले निकै कार्य गर्न सकेको उनले बताए।

उनले अझ भने, छोटो समयमा जीटीएले शिक्षासितै पहाड़को सर्वाङ्‌गीन विकासलाई ध्यानमा राखेर धेरै कार्य गर्नसकेको छ। यातायात, पिउने पानी परियोजना, सामुदायिक भवन निर्माण, विद्यालय भवनहरूको निर्माणलगायत विविध कार्यहरू गर्नमाा जीटीए सक्षम बनेको छ। पहाड़को पर्यटन व्यवसायलाई अझ सुदृढ़ बनाउन जीटीएले धेरै कोसिस गरिरहेको छ भने खेलकुदलगायत शिक्षा, संस्कृति विविध क्षेत्रमा कार्य गर्न सकेको छ। यसको श्रेय जीटीए अध्यक्ष विनय तामाङ अनि उपाध्यक्ष अनित थापालाई जान्छ भन्दै उनले पहाड़को शैक्षिक विकासका निम्ति विभिन्न कार्य योजना तयार पार्ने र सरकारसमक्ष पुर्‍याउने अनि जनहितमाा कार्यान्वयन गराउने दिशामा जीटीए शिक्षा विभागका प्रभारी तथा विधायक अमरसिंह राई एवं प्राथमिक शिक्षाका निम्ति जिल्ला पाठशाला अध्यक्ष छिरिङ दाहालले गरेको कार्य उल्लेखनीय रहेको बताए।

यसरी नै यता कालेबुङका बीओए सदस्य सञ्चवीर सुब्बाको नेतृत्वमा निकै कार्य हुनसकेको उनको दावी छ। जीटीएले शिक्षालाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको प्रवक्ता खनालले बताए। यता कालेबुङ नगरपालिका क्षेत्रका 23 वटै वार्डमा विभिन्न विकास गर्न र कालेबुङलाई सुन्दर, व्यवस्थित र प्रदूषणमुक्त बनाउन नगरपालिका अध्यक्ष रवि प्रधानले छोटो अवधिमा धेरै कार्य गर्न सकेको उनले बताए। यति धेरै कार्य नगरपालिकाले गर्न सकेको छ, जो विगतमा कहिले पनि हुन नसकेको र थॉंतीमा रहेका कार्यहरू समेत गरेर नगराध्यक्ष रवि प्रधानले कालेबुङ र कालेबुङवासीको हितमा कार्य गरेर उदाहरण प्रस्तुत गरेका छन्‌।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया