कालीझोडालाई डग्समुक्त गरिने

कालीझोडा, 26 नोभम्बर


गाउँलाई ड्रग्समुक्त बनाउन सेभ कालिझोडा फ्रम ड्रग्स अभियान कमिटीले स्थानीयअभिभावकवर्गलाई लिएर सभा सम्पन्न सम्पन्न गरेको छ। यहाँ देवी मन्दिर परिसरमा सम्पन्न सभा गाउँका वरिष्ठ नागरिक बलबहादुर सुनारको अध्यक्षतामा सम्पन्न गरिएको थियो।

कालीझोडावासीले गाउँमा ड्रग्सको सेवन तथा बेच बिखनमाथि रोक लगाउन गत केही दिन अघिदेखि लगातार रूपमा कार्यक्रमहरू गर्दै आइरहेको छ। यसैलाई अघि बढाउँदै आगमी दिनहरूमा के कस्ता कार्यक्रमहरू गरिनु पर्ने भन्ने बिषयमा छलफल गर्न सभा गरिएको हो। उमेश परियारद्वारा सञ्चालित कार्यक्रममा अशोक प्रधान, भरत छेत्री, अरूण घतानी, दावा शेर्पा, श्याम वस्नेत, रोशनी शेर्पा तामाङ, पुष्प छेत्री, ललित गुरूङ, आनन्द घतानी अनि गणेश छेत्री आदिले सभामा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए।

सम्पूर्ण वक्ताहरूले कालिझोडामा स्वच्छ परिवेश बनाइराख्नु पर्ने बिषयमाथि जोड दिए। गाउँलाई नशामुक्त बनाउन अनि कुलतमा भङ्गालिएका युवा बालबालिकाहरूलाई सुबाटोको दिशा प्रदान गर्न अभिभावकवर्ग नै अघि आउनु पर्ने कुरा  सभामा उठान गरिएको थियो।

अर्कोतिर उक्त नशालु पदार्थ छेवैको सेवक बजारबाट ओसार प्रसार भइरहेको अनि यस कार्यमाथि पनि कडा निगरानी राखिनु पर्ने चर्चा गरिएको थियो। यसरी सम्पन्न भएको सभामा विभिन्न सङ्घ सस्था अनि पुलिस प्रशासनका उच्च पदाधिकारीहरूको उपस्थितिमा  हाइवेलाई समेटेर गाउँमा बृहत सचेतना कार्यक्रम गरिने निर्णय लिएको छ।

जसको निम्ति क्षेत्रका चालिस जना प्रतिनिधिहरूको एउटा टोली बनाइएको थियो भने जसलाई  सञ्चालन गर्न सचिन छेत्रीलाई संयोजकको रूपमा चयनित गरिएको थियो। सभामा कालिझोडाका सम्पूर्ण अभिभावक अनि युवा परिवार क्लबलाई लिएर आगमी 2 दिसम्बर आइतबार कालिझोडा जन खेल मैदानमा बृहत् सभा गरिने पनि प्रस्ताव लिइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया