कालेबुङका उत्तम भुजेल, पुगे इलिट रनर क्याटागोरीमा : यहाँ पुग्ने पहिलो गोर्खा बने भुजेल

दिल्ली, 26 नोभेम्बर


कालेबुङका जरायोटार निवासी उत्तम भुजेल पेट्रोलियम स्पोर्ट्स प्रोमोसन्स् बोर्डले कुदाएको म्याराथन दौडमा इलिट रनर क्याटागोरीमा पुगेका छन्।  हिजो दिल्लीमा उक्त बोर्डले 21 किलोमिटर म्याराथन दौडाएको थियो। भुजेलले 21 किलोमिटर क्याटागोरी म्याराथन दौड 1 घन्टा 10 मिनटमा तय गरेका थिए।

अब भुजेलले भारतको इलिट रनर क्याटागोरीमा अंशग्रहण गर्नेछन्। यसरी उक्त म्याराथनमा इलिट रनर क्याटागोरीमा पुग्ने भुजेल पहिलो गोर्खा हुन्।

‘म आफ्नै प्रयासमा यहाँसम्म आउन सफल बनें, खुशी लागेको छ,’ भुजेलले भने, ‘मेरो एउटै सपना छ। ओलम्पिक जाने। ओलम्पिक गएर भारतलाई प्रतिनिधित्व गर्न चाहन्छु।’ स्मरणीय छ, भुजेल अघिबाटै दिल्लीमा भएको एयरटेल हाल्फ म्याराथनमा पनि दोस्रो बनिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया