मुख्यमन्त्रीले गर्ने टाशीलिङ सचिवालयको उद्घाटन, चार दिसम्बरमा

गान्तोक, 26 नोभेम्बर। अहिलेसम्म भाडामा चल्दै आएको सरकारी कार्यालयहरू अब चार दिसम्बरको दिन नव निर्मित टाशीलिङ सचिवालय उद्घाटन भएपछि पूर्ण रूपमा आफ्नै भवनमा चल्न थाल्दछ। 2011 सालको विनासकारी भुइंचालोले ध्वस्त बनाएको सचिवालय 2 सय 64 करोड 30 लाख रुपियाँको लगानीमा भव्यरूपमा निर्माण कार्य पूरा भएको छ। उद्घाट अघिको अन्तिम तयारी बारे भवन तथा आवास विभागका मन्त्री डीटी लेप्चाले आधिकारिक निरिक्षण भ्रमण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै आउँदो दिसम्बर 4 तारिकको दिन मुख्यमुन्त्री पवन चामलिङको बाहुलिबाट उद्घाटन गरिने घोषणा गरे। 11 हजार पाँच सय चौध वर्गमिटरमा निर्मित सचिवालयमा जम्म पाँचतला रहेको छ। जुन भुइँचालोले भत्काएको पुरानो सचिवालय भन्दा ठूलो र आधुनिक सुविधायुक्त रहेको पनि मन्त्री लेप्चाले बताए। जसमा पाँचौं तला मुख्यमन्त्री कार्यालय हुनेछ। चौथो तला 4 मन्त्रीको कार्यालय र मन्त्रालय हुनेछ। यसैगरी तेस्रो तलामा दुई जना मन्त्रीको मन्त्रालय साथै मुख्य प्रसाशकको कार्यालय हुनेछ। यसैगरी दोस्रो तलामा दुईवटा मन्त्री र मन्त्रालय, मुख्यसचिव र दुई जना अतिरिक्त मुख्य सचिवको कार्यालय रहनेछ। भुइँतलामा एकसयवटा वाहन अटाउने पार्किङ सुविधाको व्यवस्था हुने मन्त्री लेप्चाले बताए।

भुइँचालो पछि केन्द्र सरकारको प्रधानमन्त्री राहत कोषबाट 193 करोड रुपियाँ र राज्य सरकारको 71 करोड 30 लाख रुपियाँ अङ्श थपेर कूल 2 सय 64 करोड 30 लाख रुपियाँमा मूल सचिवालय समेत एनएक्स बी निर्माण भइसकेको छ। यसको कूल क्षेत्रफल 8 हजार 4 सय 86 वर्गमिटर रहेको छ। यो पहिलो चरणको निर्माण प्रकृया रहेको पनि मन्त्री लेप्चाले बताए। यसपछि दोस्रो चरणको निर्माण कार्यमा घुम्ने रेष्टुरेण्ट टावर ब्लक मल्टी लूप र प्यालेस रोडबाट मुख्यमन्त्री आवास अघिल्तिरसम्म ओवर हेड ब्रीज निर्माण पछि भने सचिवालयको निर्माण सम्पन्न हुनेछ। मन्त्री लेप्चाले टाशीलिङ सचिवालय पुरानो भन्दा अद्भूत भएको बताउँदै यो सिक्किम र सिक्किमे जनताको निम्ति भविष्यनिधी भएर जाने बताए। अब एउटै ठाउँमा सबै मन्त्रालय र कार्यालय भएपछि राज्य र जनताको लागि फायदा हुने अनि सोझै कार्य हुने बताए। उनले विभागको तर्फबाट मुख्यमन्त्री पवन चामलिङलाई आभार प्रकट पनि गरे।

यो परियोजना निर्माण पूरा भएपछि यसले पर्यटनलाई पनि सहयोग पुऱ्याउने अनि पर्यटकहरूको निम्ति पनि यो ठाउँलाई खुल्ला राखेर रेष्टुरेण्ट र अन्य सुविधाहरू उपलब्ध गराएर पर्यटकहरूलाई आकर्षित बनाउने लक्ष्य लिएर पर्यटनमुखी परियोजना तयार गरिएको बताए। यस अतिरिक्त यसलाई भुकम्परोधी तक्निकी प्रयोगले आधार राखेर निर्माण गरिएको हुनाले आठ रेक्टर स्केलसम्मको भुइँचालोमा केही नहुने तक्निकी रहेको साथै पक्का भवन निर्माण भएको मन्त्री लेप्चाले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares