पाँच जनसभालाई सम्बोधन गर्ने नरेन्द्र मोदीले : जलपाइगढीमा 11 जातलाई जनजातिको मर्यादा दिन शीतकालीन सत्रमा बील लयाउने घोषणा गर्ने सम्भावना

Siliguri: BJP Prime Ministerial Candidate Narendra Modi interacts with Darjeeling BJP Candidate S. S. Ahluwalia at an election rally of BJP in Siliguri on Thursday. PTI Photo (PTI4_10_2014_000067B)

कोलकाता, 27 नोभेम्बर


लोकसभा चुनाउ अघि नै पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचवटा जनसभालाई सम्बोधन गर्ने भएका छन्। प्रदेश भाजपाले 7 दिसम्बरदेखि शुरु गरेको गणतन्त्र बचाओ रथ यात्रालाई लिएर चारवटा जनसभा गर्ने उनको इच्छा छ। पाँचौं जनसभा वृहत्तर हुनेछ। प्रदेश भाजपाका अध्यक्ष दिलिप घोषअनुसार मोदीले माल्दा, जलपाइगढी, बनगाउँ, दुर्गापुरलाई सम्बोधन गर्नेछन्।

स्मरणीय छ, अघिल्लोपल्ट नरेन्द्र मोदीले जलपाइगढीमा नै एउटा चुनावी जनसभामा गोर्खाहरूको सपना मेरो सपना भनेका थिए। त्यसै जनसभामा 11 जातलाई जनजातिको मर्यादा दिने बचन दिएका थिए। सूत्रले बताएअनुसार यसपल्ट  नरेन्द्र मोदीले सोही 11 जातगोष्ठीलाई जनजातिको मर्यादा केन्द्रले प्रदान गरेको घोषणा गर्नेछन्।

शीतकालीन सत्रमा गोर्खाहरूको 11 वटा जातलाई जनजातिको मर्यादा दिन बिल ल्याइने सूत्रको भनाई छ। 11 जातलाई जनजातिको मर्यादा देशभरिका गोर्खाहरूको हितलाई ध्यानमा राखेर दिइने पनि बताइएको छ। विशेष गरी आसाम र अन्य राज्यका गोर्खाहरूको सुरक्षा र नागरिक सत्यापनको लागि पनि 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिइने केन्द्रले निर्णय गरेको बताइएको छ।

यता घोषले  पहिलो रथ यात्रा कुचबिहारबाट 7 दिसम्बरको दिनदेखि शुरु हुने बताएका 9 देखि गङ्गासागर, हुँदै हुँदै 16 मा कोलकत्तामा हुनेछ। यसैबीच जलपाइगढीमा पनि हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया