जङ्गलमहलदेखि दार्जीलिङसम्मै शान्ति छ- ममता व्यानर्जी

कोलकाता, 27 नोभेम्बर


मुख्यमन्त्री ममता व्यानर्जीले सोमबार झाड़ग्रामको जामबनीको कापगाड़ी सेवा भारती कलेज ग्राउण्डमादर्जनौं योजनाहरूको द्घाटन गरिन्। ‘कुनै सरकारले पनि त्यति सुविधा दिएन, जति तृणमूलको सरकारले दिएको छ,’ यही मौकामा मुख्यमन्त्रीले भनिन्, ‘जङ्गलमहलदेखि दार्जीलिङसम्मे शान्ति कायम छ। सबैलाई शिक्षा, चिकित्सा र खाद्यको सुविधा मिलेको छ।’

उनले. 50 लाख कन्याश्री रहेको र विद्यार्थीहरूले बिना शुल्क प्राइमरी स्कूलमा किताब र चिकित्सा सुविधा दिइरहेको पनि बताइन्। भनिन्, ‘वाम मोर्चाको शासनकालमा राज्य ऋणमा डुबे पनि यतिधेरै विकास तणमूल शासनकालमा नै भयो।’

उनले पारा शिक्षकहरूको नियुक्ति हुने भन्दै अहिलेसम्म एक लाखभन्दा धेर सिभिक पुलिसको भर्ना भइसकेको जनाइन्। ‘पहिले सिभिक पुलिसले 3 हजार पाउथ्यो, अहिले 8 हजार छ। विस्तारै बङ्गालमा अब बेरोजगार हट्नेछ,’ उनले भनिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया