यसपल्ट पहाडबाट भाजपालाई उखेलेर फ्याँकिनेछ-मोर्चा (विनय गुट)

दार्जीलिङ, 27 नोभेम्बर


‘भारतीय जनता पार्टीमा दम छ भने पहाडमा रथयात्रा निकालेर देखाओस्,’ गोजमुमो विनय गुटका केन्द्रिय उपाधयक्ष सतीश पोखरेलले यस्तो चेतावनी दिएका छन्, ‘केही दिनदेखि भाजपाले दार्जीलिङमा रथ यात्रा निकाल्ने हल्ला छ। तर दार्जीलिङका जनताले भाजपालाई रथयात्रा निकाल्न दिने छैनन्।’

उनीअनुसार धार्मिक आस्थाको नाममा भाजपाले 2019 को चुनावी दाउ चलिरहेको छ तर दार्जीलिङमा जनताले भाजपालाई भोट दिने छैन। उनले भाजपा मन्त्री एवं सांसद एसएस अहलुवालियालाई समेत चुनौति दिए। भने, ‘पहाड त के सुकना नै छिरेर देखाउन उनले। जुन समयमा उनको खाँचो थियो, त्यतिखेर उनी दिल्ली बसे। चुनाउ आउने वित्तिकै उनलाई दार्जीलिङको याद आएको छ।’

उनले पहाडका जनताले बुझिसकेको अनि यसपल्ट पहाडबाट भाजपालाई उखेलेर फ्याँक्ने मन बनाइसकेको पनि जनाएका छन्।

आज जज बजार धर्मशालामा विनय गुटको कार्यालाय उद्घाटन हुनेछ।  11 बजी विनय तामाङ अनि अनित थापाले कार्यालय उद्घाटन गर्नेछन्। त्यसपछि बैठक हुनेछ। बैठकमा चुनावी बहस हुनेछ। विशेष गरेर जिटीए र पञ्चायत चुनाउबारे चर्चा हुने अनि लोकसभा चुनाउको लागि पनि रणनीति बुनिने बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया