2019 को चुनाउमा सिक्किमलाई जिताउने चुनाउ भएको र कार्यकर्ताहरूलाई गुटबाजी नगर्ने  चामलिङको कासन 

 

“सिक्किम-भित्र बाहिर मेरो धन-सम्पत्ती, जमीन, बेनामी, कालो धन जे छ जल्ले भेट्छ त्यसले लानु भन्ने घोषणा गर्दछु कुड्की गर्नु पर्दै। मेरो बेनामी, कालोधन जसले भेट्छ लानु।”


गान्तोक, 27 नोभेम्बर


“पवन चामलिङ फेरि जवान भएर आउँदैछ। 2019 -को चुनाउमा सिक्किमेली जनताले जवान पवन चामलिङ भेट्नेछन्। नयाँ विचार,  सोच र कार्यक्रम लिएर म आउँदैछु। 2019-को चुनाउ मलाईभन्दा पनि सिक्किमेली जनतालाई महत्त्वपूर्ण चुनाउ भएकोले जवान पवन चामलिङ मैदानमा उत्रिँदैछ”, आगामी चुनाउका लागि चुनावी बिकुल फुक्दै चामलिङले आज यस्तो बयान दिए। उनी मङ्गलवार स्यारी निर्वाचन क्षेत्रको पबिकमा पबिक गुम्बाको पुनर्निर्माणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्रीले भने, “आगामी चुनाउ सिक्किमेली जनताका लागि महत्त्वपूर्ण चुनाउ हो। सिक्किम बिगार्न खोज्ने शक्तिहरू गाउँ गाउँ घुम्दैछन्। यस्ता शक्तिहरूबाट सिक्किमेली जनता सचेत बस्न पर्छ। हामीले सिक्किमलाई विकासको यो मार्गमा पुर्‍याएका छौं। यसलाई अझ निरन्तरता दिनुछ। हामीलाई विश्वास छ, हाम्रो कामलाई हेरेर सिक्किमेली जनताले पुनः एकपटक हामीलाई सेवा गर्ने मौका दिनेछन्।”

मुख्यमन्त्री पवन चामलिङले राज्य बाहिर बेनामी सम्पत्तीहरू थुपारेको आरोपमाथि बोल्दै विपक्षीहरूलाई कडा जवाफ दिए। केही दिनअघि एसकेएम अध्यक्ष पीएस गोलेले देश विदेशमा भएका मुख्यमन्त्री चामलिङ र उनको मन्त्रीमण्डलका सदस्यहरूको सम्पत्ति एसकेएम सरकार गठन भएमा कुड़्की गरिनेछ भनी दिएको बयानप्रति पनि चामलिङले तीखो प्रतिक्रिया गरे।

उनले भने, सिक्किम-भित्र बाहिर मेरो धन-सम्पत्ती, जमीन, बेनामी, कालो धन जे छ जल्ले भेट्छ त्यसले लानु भन्ने घोषणा गर्दछु कुड्की गर्नु पर्दै। मेरो बेनामी, कालोधन जसले भेट्छ लानु। तर हामी सरकारमा आयौं भने पवन चामलिङको मन्त्रीहरूको सम्पत्ती कुड्की गर्छौं भन्दै भाषण गर्छन्  तिनीहरू जस्ताहरू सिक्किमे जनतालाई दशा लागेर सरकारमा आयो भने पवन चामलिङको होइन सिक्किमै कुड्की गर्छ, सिक्किमको लिलाम गर्छ, गुम्पा मन्दिर, चर्च, सोकेथाङको हस्पिटल, सेक्रेटेरियट सप्पै लिजमा लगाउँछ 6 महिनामा बेचिखान्छ।

सरकार परिवर्तन गर्नुपर्छ भन्ने विपक्षी दलहरूको भनाइमाथी पनि जनतालाई सचेत गराउँदै मुख्यमन्त्री चामलिङले भने,सरकार पुरानो भयो भनेर होइन तर सरकार यो सरकार भन्दा राम्रो सिक्किम बनाउने आयो भने फेर्नु तर अहिले एसडीएफ बाहेक कुद्दैछ जम्मै पार्टी सिक्किम बिगार्ने पार्टीहरू मात्तै छ। सिक्किम बिगार्नुको लागी फेर्ने काम गर्नु हुँदैन।  आमा-बाबु बुढाबुढी भयो भनेर फेर्नु हुन्छ, मुख्यमन्त्रीले जनतालाई प्रश्न गरे।

उनले सिक्किम सुरक्षित हातमा दिनुपर्ने र गलत मान्छेको हातमा पुग्यो भने खत्तम हुन्छ. परिवर्तन गर्नुपर्छ भन्ने सिक्किम बिगार्ने परिवर्तन हो, मणिपुर जस्तो कश्मीर जस्तो गुण्डा राज बनाउने परिवर्तन हो। परिवर्तन भन्नेहरूले गुण्डा ट्याक्स तिराने परिवर्तन भनेको हो।

तातिन्दो चुनावी माहोलमा आफ्नो पार्टीले पुनः 32 वटै क्षेत्रमा उम्मेद्वार दिने तथा पार्टी भित्र गुटबाजी नगर्ने आह्वान गर्दै मुख्यमन्त्री चामलिङले यसपालीको चुनाउ आफ्नो निम्ति भन्दा पनि जनता र सिक्किमेको निम्ति महत्वपूर्ण रहेको बताए। उनले भने, एसडीएफ फेरि सिक्किमे जनताको भविष्य उज्यालो बनाउने कार्यक्रम लिएर चुनाउमा आउने बताए। उनले 32 वटै क्षेत्रमा चुनाउमा खडा हुनेबताउँदै पार्टी ग्रुपमा नबाँडिनु तर पार्टी जिताउने र जसले टिकट पाउँछ उसैलाई जिताउने कार्य गर्नुपर्ने बताए। उनले कुनै उम्मेद्वार बोक्ने काम नगर्नु त्यसले पार्टीको शक्ति कमजोर हुन्छ भन्दै गुटबाजी त्यागेर पार्टीलाई जिताउने निर्देश पार्टी कार्यकर्ताहरूलाई दिए। उनले भने,  चुनाउ सरकार बनाउनु मात्र होइऩ सरकार बनाएर सिक्किमलाई बचाउने चुनाउ हो, सरकार बनाएर सिक्किमे जनतालाई सधैंलाई जिताउने हो, युवाहरूको भविष्य सुरक्षित गर्ने चुनाउ हो सरकार बनाएर एसडीएफलाई जिताएर सिक्किमे गरीबहरूको सुरक्षा गर्ने चुनाउ हो र यसपालीको चुनाउलाई गम्भीरतापूर्वक लिनुपर्छ. यो चुनाउ मेरो लागी जत्ति महत्वपूर्ण छ त्यो भन्दा धेरै सिक्किम र सिक्किमे जनताको निम्ति महत्वपूर्ण छ, किनभने तपाईहरूले तपाईंको सरकार बनाउनुपर्छ तपाईंको सरकार कस्तो चाहियो बनाउनुपर्छ त्यसैले अन्तरआत्मलाई सोचेर आफ्नो पार्टीलाई जिताउनुपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया