मुख्यमन्त्रीले गरे नव निर्मित पबिक गुम्पाको उद्घाटन पबिकको पुरानो गुम्पालाई विश्व धरोहरको निम्ति युनेस्कोलाई चिट्ठी लेख्ने

गान्तोक, 27 नोभेम्बर। सिक्किममा वर्ष 2011 मा गएको विनाशकारी भुँइचालोको चपेटमा परि भत्किएको पुरानो पबिक गुम्पाको साटो नव निर्मित गुम्पकाको विधिवत उद्घाटन मुख्यमन्त्री पवन चामलिङले गरे। मुख्यमन्त्री आवास मिन्तोगाङ नजिकबाटै जनताले लगभग 30 ठाउँमा स्वागत र माया देखाउँदै आफ्नो नेतालाई सम्मान जनाएपछि लगभग तीन घण्टासम्म सड़क-सड़कमा उभिएर नेताको स्वागतमा रहेका जनतासित भलाकुसारी गर्दै गुम्पा परिसरमा पुगेका मुख्यमन्त्री चामलिङले सियारी निर्वाचन क्षेत्रमा पर्ने विभिन्न धार्मिक स्थलहरूको निम्ति जनताले राखेको माग पुरा गरिदिने बचन दिँदै माग अनुरूपको अनुदान राशी घोषणा गरे।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री चामलिङले 1715 मा निर्माण भएको पुरानो पबिक गुम्पालाई धरोहरको रूपमा स्थापित गराइ राख्ने मागलाई लिएर भने, हामीले पहिलो गुम्पा दुब्दीलाई युनेस्कोको कार्यालयमा म स्वयं गएर विश्व धरोहरसूचीमा सामेल गराउने माग गरेको छु यसैगरि यो गुम्पाको निम्ति पनि धरोहरको माग गरिएको हुनाले अब युनेस्कोलाई धरोहरको सूचीमा राख्ने पत्रचार गर्नेछु।
अर्कोतिर उनले सियारी निर्वाचन क्षेत्रमा निर्माणाधिन विभिन्न बौद्ध मठ र मानिलाखाको निम्ति धनराशीको घोषणा गरे। यसैगरि उनले आफ्नो सम्बोधनमा यो दिसम्बर महिनासम्ममा सबै सुकुम्बासी सिक्किमेलाई घर बनाउने जमिन उपलब्ध गराउने निर्देश सम्बन्धित विभाग र जिल्लापाललाई कडा निर्देश दिए। उनले भने, सुकुम्बासी सिक्किमलाई ठेगाना दिने, बास दिने हाम्रो सरकारको प्राथमिकता हो तर सरकारको पुरानो दरमा जमीन पाएन भनेर छोड्नु हाम्रो प्राथमिकता होइन यसकारण नयाँ दरमा किनेर यो दिसम्बर भित्रमा सबै सुकुम्बासीको नाममा सरकारले घडेरी उपलब्ध गराउनुपर्छ यो कार्य तुरन्तै हुनुपर्छ।
यसैगरि उनले 2 जनवरी 2019 देखि 17 हजार युवाहरूले सरकारी नोकरी नियुक्त भएर कार्यालय जानुपर्ने बताउँदै यसमा प्रत्येक पंचायत वार्डको निम्ति एक-एकजना ग्राम सहयोगी, पर्यावरण संरक्षण सहयोगी, पुलिसको सहयोगी भिलेज पुलिस एसिस्टेन्ट गाइडको रूपमा नियुक्ति गर्ने र उनीहरूलाई पाँच वर्ष भित्रमा स्थायी गरिने घोषणा गरे।
यसैगरि आगामी जनवरी महिनामा देशकै सबैभन्दा दोस्रो ठूलो सरकारी अस्पतालको उद्घाटन गरिने र सिक्किमे जनतालाई सबै प्रकारको शल्यक्रिया देखिलिएर चिकित्सा सुविधा निःशुल्क उपलब्ध गराउने मुख्यमन्त्री चामलिङले घोषणा गरे। उनले भने अहिले देशको विभिन्न ठाउँमा गएर चिकित्सा सेवामा रहेका सिक्किमका सबै चिकित्सकहरूलाई हामी उप-निर्देशकको पद दिएर सिक्किम फर्काएर ल्याउँदैछौं। सिक्किम मणिपाल अस्पतालबाट सबै सिक्किमे चिकित्सक आउँदैछन्, दिल्ली, मुम्बई, कोलकत्ता र अन्य तिर रहेकाहरूलाई उनीहरूले पाउँदै गरेको सुविधा र वेतनमान दिएर हामीले जनताको सेवामा ल्याउँदैछौं। 1 हजार पलङ युक्त सुपर स्पेशियालिटी अस्पताल निर्माण पुरा भइसकेको र यसको उत्घाटन पछि सबै शल्य चिकित्सा र सेवा निःशुल्क रूपमा गराउने घोषणा गरे। यसगैरि विद्यार्थिहरूको निम्ति जनवरी 2019 मा दशौं श्रेणी देखी कलेज स्तरकाहरूको निम्ति ल्यापटप बितरण गरिने। यसैगरि राज्यमा रहेको पाँच हजार स्वयं सहायता समूहलाई पनि ल्यापटप वितरण गर्ने जानकारी दिए।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री चामलिङलाई विभिन्न संघ संस्थाले सम्मान र अभिनन्दन जनाएको थियो। कार्यक्रममा साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुतिसित गुम्पा निर्माणमा सहयोगीहरूलाई समितिको तर्फबाट अभिनन्दन गरियो। मुख्यमन्त्रीसित विधायक, अध्यक्ष, पूर्व विधायक, पञ्चायत र आम जनताको सहभागीत रहेका थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares