योगवीर शाक्य, टाशी भोटिया र टी. छिरिङलालाई विदाई

कालेबुङ, 28 नोभेम्बर


तीनजना शिक्षक लगायत दशौँ र बाह्रौँ श्रेणीको बोर्ड परीक्षा लेख्ने विद्यार्थीहरूलाई विदाइ गर्नको निम्ति  यहाँको सन्त अगस्तिन स्कूलले एक भव्य कार्यक्रमको आयोजना गरेको थियो । पूर्वार्धको कार्यक्रममा आफ्नो दीर्घकालीन सेवाबाट आगामी वर्षदेखि अवकाश लिइरहेका स्कूलका तीनजना शिक्षकहरू क्रमैले योगवीर शाक्य, टाशी भोटिया र टी. छिरिङलाको सम्मानमा विदाइ कार्यक्रम सम्पन्न गरिएको थियो । स्कूलका प्राचार्य फादर जेराड लेप्चाको प्रमुख उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा प्राचार्यगण, शिक्षकगण, भूतपूर्व विद्यार्थी संगठन र वर्तमान विद्यार्थीहरूले विदाई हुने शिक्षकहरूलाई कृतज्ञता ज्ञापन गर्दै भावपूर्ण विदाइ दिए ।

समारोहलाई सम्बोधन गर्दै प्राचार्य फादर जेराड लेप्चाले सन्त अगस्तिन स्कूलको प्रगतिमा तीनैजना विदाई शिक्षकहरूको उल्लेखनीय योगदान रहेको बताउँदै उनीहरूको रहल जीवन सुखमय रहोस् भन्ने कामना गरे । कार्यक्रममा शिक्षक टाशी भोटियाको पेशागत जीवनबारे शिक्षक छितेन नामगेलले प्रकाश पारेका थिए भने शिक्षक योगवीर शाक्यको पेशागत जीवनबारे शिक्षक प्रवीण मोक्तानले प्रकाश पारेका थिए । कार्यक्रमलाई विदाई शिक्षकद्वय योगवीर शाक्य र टाशी भोटियाले पनि सम्बोधन गर्दै स्कूल प्रशासनपक्ष, सह-शिक्षक साथीहरूप्रति आभार प्रकट गर्दै विद्यार्थीप्रति शुभकामना व्यक्त गरे ।
त्यसरी नै कार्यक्रमको उत्तरार्धमा सन्त अगस्तिन स्कूलबाट आगामी वर्ष २०१९ मा आई.सी.एस.ई अनि आई. एस. ई परीक्षा लेख्न गइरहेका विद्यार्थीहरूलाई पनि स-सम्मान विदाइ गरिएको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया