केही महिनाको निम्ति प्याराग्लाइडिङ सञ्चालनमा रोक : प्याराग्लाइडिङका गाइड लाइन तय गर्नेछौं- विनय तामाङ

कालेबुङ, 29 नोभेम्बर


पाराग्लाइडिङ दुर्घटनापछि कालेबुङ जिल्ला प्रशासन अनि जिटिए अनि पाराग्लाइडिङ एसोसिएसन माझ पहिलो बैठक सम्पन्न भयो। बैठकपछि जिटीए विओए अध्यक्ष बिनय तामङले  केही दिन अघि कालेबुङ डेलोमा भएको दुःखद घटनापछि यो बैठक गरिएको बताए।

उक्त घटनाले सुरक्षा, ग्लाइडिङसम्बन्धित नियम, गाइड लाइनबारे प्रश्न उठाएको अनि यी सबै समस्याको समाधान निकाल्न सबै पक्षले कुरा राखेको बताए।

‘केही दिनको घटना निक्कै दुखदायी हो। तर त्यहाँ केही लापारवाही पनि देखियो। तर उप्रान्त यी सबै दुर्घटना र लापारवाहीलाई न्युनिकरण गर्न गाइड लाइन बनाउने छौं,’  उनले भने, प्याराग्लाइडिङले पर्यटन उद्योगलाई सहयोग गरेको छ, तर हामीले सुरक्षा पनि हेर्नुपर्छ। जल्लाभरिका प्याराग्लाइडिङबारे पनि गाइड लाइन बनाइनेछ। मापदण्ड पनि बनाइने छ।’

उनीअनुसार केही दिन अघिको दुर्घटना हुनुमा पाइलटको पनि व्यक्तिगत लापरबाही थियो। नत्र उनी पनि बाँच्ने थियो। उप्रान्त यस्तो घटनाहुन नदिन प्रशासन, एसोसिएसन र डिटीएले जसरी राफ्टिङको निम्ति गाइडलाइन बनिँदैछ, उसरी पाराग्लाइडिङको पनि बनाउन अनिवार्य बनेको छ।

‘त्यतिञ्जेलको निम्ति अथवा केही समयको निम्ति प्याराग्लाइडिङ सञ्चालन बन्द गरिने छ,’ उनले भने। उनले गाइडलाइन वा मापदण्ड तय गर्न एयरफोर्स, प्याराग्लाइडर्स र सम्बन्धित निकायसित बैठक गर्ने बताएका छन्। गाइडलाइनअनुसार प्याराग्लाइडिङका प्रयोगका सामाग्रीहरूको आयु निर्धारण गरिने पनि उनले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया