पार्टीले टिकट दियो भने जीटीए चुनाव लड्नेछु – सोनाम याखा

कालेबुङ, 29 नोभेम्बर


यदि पार्टीले टिकट दिन्छ भने निस्वार्थ भावले जीटीए चुनाउ लड्ने कालेबुङ नगरपालिका उपाध्यक्ष सोनाम याखाले मुख खोलेका छन्।

19 को लोकसभा चुनावपछि राज्यले जीटीए चुनाव गराउने सम्भावना प्रबल छ। यद्यपि राज्यले आधिकारिक घोषणा भने गरिहालेको छैन। यदि जीटीए चुनाव भइहाले नगरपालिका उपाध्यक्ष सोनाम याखालाई गोजमुमोले सभासद टिकट दिने घाइँघुईँ हल्ला छ। यसै सन्दर्भमा सोधिएको प्रश्नमा याखाले चुनाव लड़्ने मुख खोलेका हुन्।

उनले भनेका छन्, “टिकट र चौकीको प्रलोभन मसँग छैन। चुनाव लड्नुपर्छ भनेर पार्टीले अहिलेसम्म फर्माइस त गरेको छैन। यद्यपि पार्टीको हाइकमान्डले जीटीए चुनाव लड्नुपर्छ भन्ने फर्माइस गर्छ भने त्यो स्वीकार्य छ। तर टिकट पाउनैपर्छ भन्ने छैन। म कर्ममा विश्वास गर्ने मान्छे। कालेबुङको भलो चिताउने मान्छे। नगरपालिकामै बसेर पनि के ही राम्रो काम गरिएकै छ। टिकटको लोभ भने मसँग पटक्क छैन। यसो त मसँग सामाजिक सेवा एकापटि सुरक्षित छँदैछ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया