पहाडको 8 वटा खण्डलाई 13 वटा बनाउन राज्य सरकारले अधिसूचना जारी गर्नेछ, त्यसपछि दुइस्तरीय पञ्चायत चुनाउ हुनेछ- विनय तामाङ

दार्जीलिङ, 29 नोभेम्बर


जिटीए विओए अध्यक्ष विनय तामाङले पहाडका 8 वटा खण्डलाई 13 वटा खण्डमा विभाजन गर्न राज्य सरकार शीघ्र अधिसूचना जारी गर्ने भएको खुलाएका छन्। उनीअनुसार बिजनबारी खण्डलाई रिम्बिक, बिजनबारी र दार्जीलिङ सदरमा विभाजन गरिनेछ। सुके-जोरबङ्लो खण्डलाई सुकेपोखरी र सोनादा खण्डमा, कालेबुङ-2 लाई लाभा र पेदोङ खण्ड अनि गोरूबथान खण्डलाई झोलुङ-जलढका र गोरूबथान खण्ड विकास क्षेत्रमा विभाजन गरिनेछ।

लागि राज्य सरकारले प्रशासनिक पहल शुरू गरिसकेको आज जीटीए वा गोजमुमो अध्यक्ष विनय तामाङले खुलासा गरे।

तकलिङ-पेशोक समष्टि र तकदाह-टिस्टाभेल्ली समष्टिमा 4 वटा सडक निर्माणको लागि गरिएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तामाङले उक्त कुरा खुलाएका हुन्।

‘दार्जीलिङ पहाडमा हाल 8 वटा खण्ड विकास क्षेत्र छन्, यसको संख्यामा बढोत्तरी गर्नुपर्छ। खण्ड विकास क्षेत्रहरूलाई विभाजन गरेर यसको संख्यामा बढोत्तरी गर्नको लागि पहिले पुनः सीमाङ्कन गरिनेछ,’ तामाङले भने, ‘त्यसपछि ग्राम पञ्चायतको पनि पुनः सीमाङ्कन हुनेछ। यो कार्य पूर्ण भएपछि जीटीए क्षेत्रमा दुइ स्तरीय पञ्चायत चुनाउ हुनेछ।’

तामाङअनुसार दार्जीलिङको बिजनबारी खण्ड विकास क्षेत्रमा 23 वटा ग्राम पञ्चायत छन्। जुन खण्ड दबाईपानी-स्प्रीङ मिनरलदेखि रिम्बीक-लोधोमाको डाँडागाउँसम्म फैलिएको छ। गोरूबथान खण्ड भूटान सीमासम्म फैलिएको छ। जसको कारण यी खण्ड विकास क्षेत्रका जनतासँगै विभागीय अधिकारीहरूलाई पनि आफ्नो काम गर्न धेरै असुविधा भइरहेको छ। यसै कामको लागि उनी गत केही दिनअघि कलकत्ता गएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया