पुगिन् बरुण भुजेलकी पत्नी राष्ट्रिय मानव अधिकार आयोग

कालेबुङ, 1 दिसम्बर।


बरुण भुजेललाई न्याय दिलाउन भुजेलपत्नी सविता अनि उनकी आमा कुमारी भुजेलले राष्ट्रिय मानव अधिकार आयोगमा अपिल गरेकी छन्। उनीहरूले न्यायिक हिरासतको क्रममा मृत्यु भएको बरुण भुजेलकी सम्बन्धित सम्पूर्ण विवरण र दस्तावेजहरू आयोगका अध्यक्ष रेखा शर्मालाई सुम्पिएका छन्।

परिवारअनुसार भुजेललाई पर्याप्त शारिरिक यातना दिइएकोले उनको मृत्यु भएको हो। सविता भुजेलले आयोगलाई यसै सम्बन्धित दस्तावेजहरू बुझाएकी हुन्। ‘आयोगसमक्ष यस मुद्दालाई गम्भीरतापर्वक लिइदिने अनिर उचित जाँच गरिदिने अपिल गरेका छौं,’  उनले भनिन्, ‘हामीलाई आयोगले न्याय दिलाउन सहयोग गर्छ भन्ने विश्वास छ।’

रेखा शर्माले पनि बरुण परिवारलाई न्याय दिलाउने सम्बन्धमा आश्वास्त गराएको उनले जनाएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया