मानव उत्थान सेवा समितिद्वारा मिशन एडुकेशन अन्तर्गत 17268 केजी पाठ्य सामाग्री वितरण

गान्तोक, 4 दिसम्बर। मानव उत्थान सेवा समितिद्वारा मिशन एडुकेशन अभियान अन्तर्गत 2 अनि 3 दिसम्बरको दिन गुजरातको सुरत शहरमा रहेको 30 वटा विद्यालयको मोठ 16 हजार 385 जना गरीब विद्यार्थीहरूलाई पाठ्य तथा लेखन सामाग्री वितरण गऱ्यो। मानव उत्थान सेवा समितिको महत्वकाँक्षी अभियान मिशन एडुकेशन अन्तर्गत सुरत शहरको विभिन्न स्थानमा अवस्थित 30 वटा विद्यालयमा अध्ययनरत गरीब विद्यार्थीहरूलाई मानव धर्मका प्रणेता सतपाल महाराज, श्रीमती अमृता माताजी, उनका पुत्रद्वय विभुजी महाराज, सुयशजी महाराज लगायत सन्त महात्मागण र युवा प्रकोष्ठका सदस्यहरूद्वारा 17 हजार 268 किलोग्राम पाठ्य तथा लेखन सामाग्री वितरण गरियो। यसरी नै आर्थिक विपन्नताको कारण विद्या अध्ययनका निम्ति विद्यालय जान नसक्ने गरीब नानीहरूका निम्ति मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजले स्कुल अन् व्हील्स वाहनको पनि उदघाटन गरे। यसरी 24 घण्टाभित्रमा मोठ 16 हजार 385 जना गरीब विद्यार्थीहरूलाई पाठ्य तथा लेखन सामाग्री वितरण गर्नु विश्व रेकर्ड बताइएको छ। मानव उत्थान सेवा समितिले देशको विभिन्न प्रान्तहरूबाट दानबाट संग्रह गरिएको पाठ्य तथा लेखन सामाग्री अध्ययनरत गरीब विद्यार्थीहरू र आर्थिक विपन्नताको कारण विद्या अध्ययन गर्न असमर्थ गरीब नानीहरूलाई यसरी निशुल्क पाठ्य तथा लेखन सामाग्री वितरण गर्दै आएको छ। मानव उत्थान सेवा समिति युवा प्रकोष्ठका सदस्यहरूद्वारा देशको ठूल्ठूला निजी विद्यालयका विद्यार्थीहरूबाट दानमा विभिन्न पाठ्य तथा लेखन सामाग्रीहरू संग्रह गर्दछन् र त्यस सामाग्रीहरूलाई गरीब विद्यार्थीहरूमा मिशन एडुकेशन अन्तर्गत वितरण गर्दछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares