उपमा प्रकाशनका पुस्तकहरू अब फ्लिपकार्टमा पनि

Girl in a jacket

कालेबुङ, 4 दिसम्बर


उपमा प्रकाशनका किताबहरू अब विश्वभरिका नेपाली पाठकले फ्लिपकार्टमार्फत किन्न सक्नेछन्।  उपमा प्रकाशनका सञ्चालक उमेश उपमाले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन्।

‘नेपाली साहित्यका पाठकहरूले अहिलेसम्म चाहेका पुस्तकहरू पाउन सकिरहेका थिएनन्। यसैले हामीले  विश्वभरिका नेपाली पाठकहरूमा किताब पुऱ्याउन फ्लिपकार्टमा उपलब्ध गराएका हौं,’ उपमाले भने।

इन्द्रबहादुर राईको सम्पूरक, सञ्जय विष्टको जुनजस्तै घाम, सुधीर छेत्रीको फेरी अर्को अनुष्टुप, निरज थापाको कथायाम लगायत अन्य पुस्तकहरू फ्लिपकार्टमा उपलब्ध रहेको उनले बताए।

अहिले थोरै पुस्तकहरू फ्लिपकार्टमा उपलब्ध भएपनि पछिबाट उपमा प्रकाशनका सबै पुस्तक उपलब्ध हुने उमेशले बताएका छन्। ‘अन्य प्रकाशनका पुस्तकहरू पनि उपलब्ध गराउने प्रयास गरिनेछ,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया