सचिवालय उद्घाटनमा मुख्यमन्त्रीले सरकारी अधिकारीहरूलाई दिए कडा निर्देश

अहिले राजनैतिक चलखेलमा सरकारी अधिकारीहरूले पैसा सघाइरहेको थाहा पाउदेछु  सर्पलाई दुध खुवाएर विष कम्ति हुँदैन, जेल जान र तलबै नपाउने स्थिति सिर्जना गर्नुछ भने सहयोग गर्नु ।


गान्तोक, 04 दिसम्बर । सिक्किमेली सरकारी अधिकारीहरूले सिक्किमको शान्ति सुरक्षा र विकासलाई यतिकै बनाइराख्न सही र सिक्किमलाई माया गर्ने नेतृत्वलाई नै समर्थन जनाउनु पर्ने मुख्यमन्त्री पवन चामलिङले आह्वान गरे। नवनिर्मित टशीलिङ सचिवालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले केही हस्यौंली पारामा व्यङ्ग्यात्मक रूपमा एसडीएफ सरकारमा अहिलेसम्म कुनै सचिव, अभियन्ता तथा सरकारी अधिकारीहरूले जेल जानु नपरेको दाबी गर्दै अहिलेको राजनैतिक चलखेललाई समर्थन गरेर जेल हाल्ने सरकार ल्याउनु नहुने बताए।

उनले 24 वर्षमा एसडीएफ सरकारले कुनै अधिकारीलाई जेल नहालेको तथा कुनै पुलिस कन्स्टेबल दङ्गामा पारेर नमारिएको जानकारी दिॅंदै सिक्किममा कार्यरत सबै अधिकारीहरूले यो कुरालाई बुझेर सही नेतृत्वलाई समर्थन गर्नुपर्ने बताए। अहिले राजनैतिक चलखेलमा सरकारी अधिकारीहरूले पैसा सघाइरहेको थाहा पाएको बताउॅंदै मख्यमन्त्रीले सर्पलाई दुध खुवाएर विष कम्ति नहुने भन्दै जेल जान र तलबै नपाउने स्थिति सिर्जना गर्नुछ भने सहयोग गर्नु उनले भने।

अर्कातिर, मुख्यमन्त्रीले आज उद्घाटन गरिएको नयॉं सचिवालयमा आउॅंदो जनवरी 2 तारिकदेखि सबै विभागहरू निश्चित रूप सर्नुपर्ने र जनताको काम नयॉं सालदेखि नै शुरू भइहाल्नुपर्ने सशक्त निर्देश दिए। उनले आगामी लोसुङ नामसुङको छुट्टीमा समेत आफ्नो मुख्यमन्त्री कार्यालय खुल्ला राख्ने विचार व्यक्त गर्दै अन्य कसैले पनि जनताको लागि काम गर्नुपर्छ भन्ने सोच भए छुट्टीको समय पनि विभागहरू खुल्ला राख्ने आह्वान गरे। यसैगरि, विशेष रूपले राज्यको प्रशासनिक व्यवस्थामाथि समीक्षा गर्दै जनताको पक्षमा नोकरशाहको भूमिकामाथि पनि मुख्यमन्त्रीले प्रश्नचिन्ह र कार्यप्रणालीबारे खै गरेका छन्।

मुख्यमन्त्रीले कार्यावधि मै मृत्यु भएका निम्न श्रेणीका कर्मचारीहरूको बद्लीमा परिवारको सदस्यलाई काम दिनुपर्ने नियम नै रहेको हुनाले यस्तो बेलामा अधिकारीहरूले मुख्यमन्त्रीको सिफारिश ल्याउनु भनेर मरौं परेको अवस्थामा कात्रो थप्ने काम गर्नु नहुने बताए। यसैगरि, बिरामीहरूलाई सरकारले दिनुपर्ने चिकित्सा खर्चको निम्ति पनि मुख्यमन्त्रीको फाइल पठाउनुको साटो बीपीएल र एपीएल तथा सत्य जॉंच गरेर तुरून्तै चेक काट्नुपर्ने निर्देश अधिकारीहरूलाई दिए। अर्कातिर, वृद्ध भत्ता वितरणमा ढिलाई गर्नु नहुने तथा छात्रवृत्ति वितरणमा ढिलाई नगर्ने सम्बन्धित निकायका अधिकारीहरूलाई आदेश दिए।

सरकारी अधिकारीहरूमाथि नै केन्द्रित रहेको मुख्यमन्त्रीको डल्लै सम्भाषणमा पछिल्लो 24 वर्षमा सिक्किमले गरेको स्थायी विकास मध्ये गुण्डा ट्याक्स तीर्नु नपर्ने, पूर्वोत्तरका राज्यहरूको तुलनामा अधिकारी र पुलिसलाई सजिलो रहेको जस्ता कुराहरूलाई बुझ्नुपर्ने बताए। सिक्किमले बचाएर राखेको शान्ति र सुरक्षालाई गलत मान्देको हातमा दिएर दुख निम्त्याउनु नहुने बताए।

2011 सालको विनाशकारी भुॅंइचालोले क्षतिग्रस्त बनेको सचिवालयमाथि नयॉं नामकरण गरिनुपर्ने सुझाउहरू पनि आएको बताउॅंदै मुख्यमन्त्रीले उक्त सुझाउहरूलाई अस्वीकार गर्दै परम्परादेखि रहेको टाशीलिङ सचिवालय नै राख्ने तथा त्यसैलाई सदर गर्ने घोषणा गरे। आठ तलाको यो सचिवालयको जनताको काम गर्नुका साथै यहॉं आउने सबैको निम्ति सम्पूर्ण सिक्किम बुझ्न सजिलो हुने गरेर सिक्किमको विशेषतालाई झल्काउने कलाको संकलनको रूपमा निर्माण गरिएको पनि मुख्यमन्त्रीले बताए।

264.30 करोड रूपियॉंको लागतमा निर्माण गरिएको टाशीलिङ सचिवालय दुई चरणमा निर्माण कार्य पूरा हुने छ भने दोस्रो चरणको निर्माण कार्यमा फ्लाइओभर र अन्य सुविधाहरू निर्माण हुने भवन तथा आवास विभागको तर्फबाट राखिएको तकनीकी रिपोर्टमा बताइएको छ। यसका साथै उद्घाटन गरिएको भवन पूर्ण रूपमा भुॅंइचालोरोदी रहेको बताइएको छ। सचिवालयको उद्घाटन ऐतिहासिक रहेको र यो जनताको कामको निम्ति लाभकारी रहेको भवन तथा आवास विभागका मन्त्री डीटी लेप्चाले बताए। उनले मुख्यमन्त्री चामलिङको कुशल नेतृत्वमा जनताको निम्ति आजदेखि यो भवन समर्पित गरिएको बताउॅंदै सिक्किमे जनता यसलाई उपयोग गर्ने आह्वान गर्दै बधाई दिए। उद्घाटन कार्यक्रममा विभिन्न विभागीय मन्त्री, विधायकगण, मुख्य सचिव, विभागीय प्रमुख, नगर प्रमुख, पार्षद, पंचायत तथा सरकारी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। उल्लेखनीय छ नयॉं सचिवालयको उद्घाटनसितै अहिलेसम्म किरायको घरमा संचालित सबै विभागीय मुख्यालयहरू सरकारको आफ्नो भवनमा सर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares