मझुवा  ग्राम सभा सकियो

बिजनबारी, ५ दिसम्बर


धारावाहिक संसद सभापछि मझुवा ग्रामको ग्रामसभा सकियो। मझुवा ग्राम ईए सुमन दर्नालको सभापतित्वमा ग्राम सचिव मणि ईजाम एवं कर्मचारीहरू एसटीपी विमल छेत्री, जीअरएस भावना राई, राजकुमार थापासँगै स्थानीय समाज सेवक पूर्व उप-प्रधान पीटी शेर्पा, डीके राई, घनश्याम गुरूङको विशेष उपस्थितिमा सम्पन्न भएको सभामा वार्ड संसद सभाले पारित गरेको मनरेगा कामको प्रस्ताव मुताबिक बजट घटेको सचिव ईजामले सभामा जानकारी गराए।

हाल मझुवा ग्रामले प्राप्त गरेको मोठ बजट ३ करोड २४ लाख ७९ हजार रहेको छ। संसद सभामा जानकारी गराइएको बजट भन्दा करिब 1 करोड  घटेको छ। मझुवा ग्रामलाई मनरेगा अन्तर्गत विकास गराउन संसद सभाले गरेको प्रस्तावहरूमा कतिपय फेरबदल गर्नुपर्ने जनाउँदै आईवीएस योजना प्रत्येक विकलाङ्ग भत्ताधारीलाई दिनपर्ने खण्ड कार्यालयको निर्देश रहेको पनि उनले जनाए।

वार्ड 1 देखि 11 सम्मको संसद सभाले पारित गरेका प्रस्तावहरू सभामा भावना राईले पढ़ेर सुनाए। सभामा विकलाङ्ग भत्ता, घर खजना, दोकान सञ्चालन प्रमाणपत्र, होमस्टे प्रमाणपत्र, विधवा जनगणना, जन्म-मरण प्रमाणपत्र, रूपाश्री योजना, विभिन्न भत्ता आदि विषयहरू जानकारी पनि गराए।

एसटीपी छेत्रीद्वारा क्षेत्रमा विकासका कार्यहरू द्रुतगतिमा भइरहेको तर गुणस्तरमा सबैले ध्यान दिनुपर्ने पनि अनुरोध गरे। प्रतिक्रिया राख्ने क्रममा सिमेन्टहरू समयमा नपाइरहेको गुनासोहरू अघि आएको थियो। किराँत सङ्घ भवन सिङबुङ डेरामा भएको ग्राम सभामा एघार वटा वार्डका जनसाधारण साथै काम निर्देशकहरूको बाक्लो उपस्थिति रहेको ग्राम सभालाई सचिव ईजामले सञ्चालन गरेको थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares