अरुण सिग्चीले गर्न मानेनन् हस्ताक्षर : मिरिक कलेजका कर्मचारीहरू उत्रिए विरोधमा : भने- सिग्चीबाट हस्ताक्षर गर्ने अधिकार हटाइयोस्

कालेबुङ, 5 दिसम्बर


मिरिक कलेजका शिक्षण-अशिक्षणकर्मचारीहरूको वेतन र कलेजका सबैप्रकारका लेनदेनमा चेकमा हस्ताक्षर गर्ने अधिकृत हुन् अरुण सिग्ची। नोभेम्बर महिना बितेपछि मिरिक कलेजका शिक्षण-अशिक्षण कर्मचारीहरू वेतन चेकमा हस्ताक्षर गराउ अरुण सिग्चीको घरैमा पुगे। तर सिग्चीले चेकमा हस्ताक्षर गर्न मानेनन्।

यस सम्बन्धमा मिरिक कलेजका टिचरइन्चार्जले प्रेस विज्ञप्ति जारी गरेर सिग्चीको यस्तो व्यवहारको विरोध प्रकट गरेका छन्। सिग्ची चेकमा हस्ताक्षर गर्ने अधिकृत हस्ताक्षरकर्ता हुन्, तर उनलाई दिइएको जिम्मेवारी उनले पूरा नै गरेनन्। बरू उल्टै कर्मचारीहरूलाई मानसिक यातना दिइरहेका छन्। काम हस्ताक्षर गर्ने हो, हस्ताक्षर गर्दा भइहाल्थ्यो तर सिग्चीले हस्ताक्षर गर्नै अस्वीकार गरेपछि शिक्षण-अशिक्षण कर्मचारीहरू उनको विरोधमा गोलबद्ध बनेका हुन्।

‘सिग्चीको यसप्रकारको व्यवहारको प्रतिवादमा मिरिक कलेजका कर्मचारीहरूले आपतकालीन बैठक गरेका छन्। अरुण सिग्चीबाट चेकमा हस्ताक्षर गर्ने अधिकार फिर्ता लिइनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो अधिकार कलेजका कुनै एक शिक्षण कर्मचारीलाई दिइनुपर्छ भन्ने हाम्रो माग छ।’

अरुण सिग्चीले कलेजको आन्तरिक विषयमासमेत कर्मचारीहरूलाई मानसिक दवाब दिनेगरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यता सिग्चीले भनेका छन्, ‘म हस्ताक्षर कार्यालयमा गर्छु, घरमा होइन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares