२६ औं राष्ट्रीय विद्यार्थी काङ्ग्रेसमा राज्यलाई प्रतिनिधित्व गर्दै रिम्बिकका निङमा लमु शेर्पा

रिम्बिक, 6 दिसम्बर


रिम्बिक उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी निङमा लमु शेर्पाले २६ औं राष्ट्रीय विद्यार्थी काङ्ग्रेसमा राज्यलाई प्रतिनिधित्व गर्ने भएका छन्।  विज्ञान तथा प्रविधिविभाग भारत सरकार तथा विज्ञान तथा टेक्नोलोजी विभाग, उच्च शिक्षा विभाग एव सर्व शिक्षा मिशन पश्चिम बङ्गाल सरकारको संयुक्त आयोजनामा कोलकातामा भएको काङ्ग्रेसमा उनी छानिएकी हुन्।

यसै महिनाको अन्तिम हप्तामा उडिसाको राजधानी भुवनेश्वरमा हुने राष्ट्रीय विद्यार्थी काङ्ग्रेस सम्मेलनमा दार्जीलिङ जिल्ला तथा राज्यलाई सामुहिक रूपमा प्रतिनिधित्व शेर्पा जानेछिन्।

रिम्बिक उच्चतर माध्यमिक विद्यालयमा कला संकायमा कक्षा एघारौंमा अध्ययनरत शेर्पाको राज्यकै दुर्गम ग्राम पञ्चायतमा पर्ने सिरीखोला डाडागाँउ ग्राम पञ्चायतमाथि बनाइएको प्रोजेक्ट राष्ट्रीय स्तरको प्रतियोगिताको निम्ति छानिएको हो।

विद्यालय तथा आफ्नो सहयोगी मित्रहरुकै सहयोगमामा आफु यहाँसम्म पुगेको तथा आफुलाई सहयोग गर्नेप्रति आफू  अत्यन्तै आभारी भएको उनले बताइन्। आफुले आफ्नो लगनशीलता तथा मेहनतको साथमा काम गर्नसक्ने समेत बताउँदै आफुले विद्यालयको प्रतिनिधित्व गर्दै अझै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने लक्ष्य रहेको पनि बताइन्।

अर्कोतिर यस्तो अभेक ठाउँमा रहेको स्कूलबाट प्रतियोगी बनेर प्रतिस्पर्धा गर्नु नै ठूलो कुरो रहेको विद्यालय पक्षले जनाएको छ। जिल्लामा औ राज्यमा अन्य स्कूललाई पछि पार्दै राज्यबाट चुनिँदा आफूहरु गौरवान्वित भएको प्रधान अध्यापकले बताए।

‘शेर्पाले आफ्नो ,परिवार, गाउँ साथै विशेष यस स्कूलको नामलाई र यस क्षेत्रलाई राष्टिय मञ्चमा उभ्याएकी छिन्। हामी स्कूल परिवार त गर्व गर्छौं नै साथै मलाई लाग्छ जिल्लामा औ राज्य, राष्ट्रमा अझ नाम दह्रिलो बन्नेछ,’  शिक्षक बीआर शर्माले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares