खण्ड र महकुमाको माग

बिजनबारी, 6 दिसम्बर


आज विभिन्न मागलाई लिएर दार्जीलिङ पुलबजार खण्ड बिकास अधिकारीलाई गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समितिको तत्वधानमा दार्जीलिङ पुल बजार (बिजनबारी) खण्ड अन्तर्गत पर्ने 8 वटा समष्टि जसमा रिम्बिक लोधोमा, रेलिङ कैजले , पुल बिजनबारी गोक, चुङथुङ मेरीबुङ तामसाङ, रेषीहाट ब्लुमफिल्ड , फुब्सिरिङ पान्दाम, लेबोङ बद्मताम अनि तकभर समष्टिका नेतृत्व एवम् गोजमुमो कार्यकर्ताहरूले  खण्ड बिकास अधिकारी कौसिक ब्यानर्जीलाई भेट गरी ज्ञापन पत्र चढायो।

दार्जीलिङ पुलबजार खण्डको क्षेत्र अत्यन्तै ठूलो भएको अनि यस खण्डभित्र बसोबासो गर्ने बस्तीका किसान अनि चियाबारीका श्रमिकहरूलाई सरकारी अधिकारीवर्गसँग सम्पर्क गर्न अनि सरकारी विभागीय सहुलियतहरू ग्रहण गर्न धेरै असुविधा भएकोले जनताको हितमा पश्चिम बङ्गालकी मुख्यमन्त्री अनि बङ्गाल सरकारलाई बङ्गालमा नै 23 वटा ग्राम पञ्चायत सबै भन्दा बृहत खण्ड रहेको दार्जीलिङ पुलबजार खण्डलाई 3 भागमा बिभाजन गरेर रिम्बिक लोधोमा खण्ड, दार्जीलिङ पुलबजार खण्ड अनि दार्जीलिङ सदर खण्ड बनाइन पर्ने अनि बिजनबारीलाई महकुमाको दर्जा दिन पर्ने बिषयमा ज्ञापन पत्र सुम्पियो।

‘गोजमुमोको माथ्थीलो स्तरबाट पनि यस बिषयमा सरकारलाई चाप दिने कार्य भएको छ। आज सरकारलाई अझ चाप सृष्टि होस् भनेर यो ज्ञापन दिएका हौं,’ मोर्चा प्रवक्ता सन्दिप छेत्रीले भने।

मोर्चाको दार्जीलिङ महकुमा अध्यक्ष आलोक कान्त मणि थुलुङको निर्देशनमा केन्द्रीय साङ्गठनिक सचिव एलएम लामा, मणिकुमार राई, सजिन राई, सन्दिप छेत्री, दावा तामाङ, बालम तामाङ, बी आर राई, सिरिमान राई, दिपक तामाङ, किस्मत छेत्री, महेस सुब्बा, योन्जित राई, मिलन छेत्री, राजेन सुब्बा, लगायत 8 वटा समष्टिका प्रतिनिधिहरू टोलीले खण्ड बिकास कार्यालय अधिकारलाई ज्ञापन चढाएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares