बङ्गाल सरकारले रथयात्रा रोक्न अन्तिम कोशिश गर्दैछ-एसएस अहलुवालिया

सिलगढी, 6 दिसम्बर


‘‘जसले गणतन्त्रलाई मार्ने ठेका उठाएको छ, उसलाई यो यात्रालाई लिएर चिन्ता लाग्छ नै। यो यात्रा निस्कियो भने जनता जागरुक हुन्छन् अनि जनतालाई आफ्नो अधिकारबारे थाहा हुन्छ। जनतालाई आफ्नो अधिकारबारे थाहा भयो भने उनीहरूलाई असुविधा हुन्छ। यसैले पढेलेखेका, अनपढ, गरीब, दबिएका अनि कुल्चिएका आम जनतालाई भाजपाले जागरूक नगरावोस् भनेर रथयात्रा रोक्न बङ्गाल सरकारले अन्तिम कोशिश गर्दैछ,’ दार्जीलिङका सासंद एसएस अहलुवालियाले यसो भनेका हुन्।

गणतन्त्र बचाऔँ, बङ्गाल बँचाऔं’ नारा बोकेर भाजपाले भोलि 7 दिसम्बरदेखि बङ्गालका विभिन्न संसदीय क्षेत्रमा रथ यात्रा निकाल्न गइहेको छ। तर एकदिन अघिसम्म पनि भाजपाले रथयात्राको प्रशासनिक अनुमति पाएको छैन। यद्यपि रथायात्राको निम्ति आज सिलगढी आइपुगेका सासंद एसएस अहलुवालियाले प्रशासनिक अनुमति नपाएको सन्दर्भमा बोल्दै बङ्गाल सरकारले रथयात्रा रोक्न अन्तिम कोशिश गरिरहेको बताए।

‘जसरी पश्चिम बङ्गालमा मानिसहरूको हत्या गरिँदैछ अनि गणनात्रिक अधिकारहरूको हनन् हुँदैछ त्यसको विरूद्ध आम जनताको आवाज उठाउन रथयात्रा गरिएको हो’-अहलुवालियाले भने, ‘यसको शुरूवत भोली अमीत शाहाले गर्दैछन्।’ राज्यमा लोकतन्त्रको रक्षा गर्ने सङ्कल्प लिएर भोलि 7 दिसम्बरदेखि कुचबिहारबाट भाजपाको रथयात्रा निकालिनेछ। यसको शुभारम्भ भाजपाका राष्ट्रिय अध्यक्ष अमीत शाहाले गर्नेछन्। यसै रथायात्रामा सहभागि हुन दार्जीलिङका सासंद एसएस अहलुवालिया पनि आज सिलगढी आइपगुका छन् भने 16 दिसम्बरका देशका प्रधानमन्त्री स्वयं सिलगढी आउने कार्यक्रम छ।

यसै रथयात्रालाई केन्द्र गरेर सिलगढी आइपुगेका अहलुवालियाले पत्रकारहरूसित कुराकानी गर्दै अलिपुरद्वारका तृणमूल नेता मोहन शर्माले ‘रथयात्रा’-लाई ‘रावण यात्रा’ भनेकोमा प्रतिक्रिया व्यक्त गरे। उनले जब जनता सडकमा ओर्लिन्छ अनि आफ्नो अधिकारहरूके माग गर्नथाल्छ तब नै यो कुन यात्रा हो त्यो प्रमाणित हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares