मोर्चालाई मोदीको बधाई

खबरम्यागजिन खबरदाता

नयाँ दिल्ली, 18 मई 2017


प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जीलिङ, कालेबुङ र खरसाङ नगरपालिका चुनाउमा बहुमत हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जीलिङका सांसद एवं मन्त्री सांसद एसएस आहलुवालियामार्फत गोरखा जनमुक्ति मोर्चालाई बधाई शुभकामना व्यक्त गरेका छन्। सांसद एसएस आहलुवालियाले आज प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्ता गरी अन्तर्राष्ट्रिय न्यायालले कूलभुषण यादव केशमा भारतको पक्षमा सकरात्मक निर्णय सुनाएकोमा बधाई टक्राएका थिए भने सोही भेटघाटको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सांसदलगायत गोरखा जनमुक्ति मोर्चालाई नगरपालिका चुनाउमा पहाड़का कूल 69 वटा आसनहरूमा उत्कृष्ट जीत हासिल गरेकोमा बधाई शुभकामना टक्राएका हुन्।

सांसद एसएस आहलुवालियाले फोनमार्फत जानकारी गराएअनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खा जनमुक्ति मोर्चा एनडीएको एक घटक दल रहेको कारणले गर्दा पश्चिम बङ्गालमा गोजमुमोको उक्त जीत एनडीएको पनि जीत रहेको र गोजमुमोले पहाड़मा जितेको कूल 69 वटा आसनहरू जोड़ेर बङ्गालको नगरपालिकाक्षेत्रमा कूल 72 वटा आसनमा जीत हासिल गरेको उल्लेख गर्दै हर्ष प्रकट पनि गरे।

गोजमुमोको 69 वटा आसनसितै एनडीएको खातामा कूल 72 वटा आसन परेको छ भने तृणमूल काङ्ग्रेसको झोलीमा 68 वटा आसनमात्रै परेको पनि प्रधानमन्त्रीले उल्लेख गर्दै एनडीएको एक घटक दलको रूपमा पहाड़मा गोरखा जनमुक्ति मोर्चाले उत्कृष्ट जीत हासिल गरेकोमा सांसद आहलुवालियामार्फत गोजमुमोलाई बधाई अनि शुभकामना पनि व्यक्त गरेको आहलुवालियाले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन