गोरामुमोद्वारा टिस्टा त्रिणेणीमा छैटौँ अनुसूचि सम्झौता दिवस पालन

कालेबुङ, 6 दिसम्बर


गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज दार्जीलिङ पहाडका विभिन्न ठाउँहरूमा छैटौँ अनुसूचि सम्झौता दिवस पालन गऱ्यो। 6 दिसम्बर 2005 का दिन तत्कालिन गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङ, राज्य अनि केन्द्र सरकारमाझ छैटौँ अनुसूचिमाथि सम्झौता भएको थियो। यसै दिनलाई गोरामुमोले छैटौँ अनुसूचि सम्झौता दिवसको रूपमा पालन गर्ने गरेको छ।

यसै क्रममा आज गोराममो कालेबुङ जिल्ला समिति अनि लप्चु पेशोक समष्टिको आयोजनामा टिस्टा त्रिवेणीमा छैटौँ अनुसूचि सम्झौता दिवस पालन गरियो। वर्तमान समयमा छैटौँ अनुसूचि नै एकमात्र विकल्प रहेको अनि गोर्खाल्याण्डसम्म पुग्ने माध्मय रहेको भन्दै गोरामुमोले आज त्रिवेणीमा कार्यक्रम आयोजना गरेको थियो। विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएको समारोहमा झाँक्री नृत्य पनि प्रस्तुत गर्दै जनजातीय प्रवृति प्रदर्शन गरिएको थियो।

यस क्रममा वक्ताहरूले छैटौँ अनुसूचिको पक्षमा वक्तव्य दिएका थिए। कार्यक्रममा गोरामुमो जिल्ला समितिका कार्यालय सचिव राजेन तामाङ, जेएनडब्ल्यूओका कौशिला तामाङ, प्रविण साक्य, पुरण राई, सुरेश राई, हर्क शिशाल आदिले सम्बोध गरेका थिए। कार्यक्रमबारे जनकारी दिँदै गारामुमो नेता राजेन तामाङले यदि जनताको साथ पाए छैटौँ अनुसूच सत प्रतिशत सम्भव रहेको अनि छैटौँ अनुसूचिकै माध्मयबाट गोर्खाल्याण्डसम्म पुग्न सकिने दावी गरेका छन्।

‘विधानसभाबाट पास भएर संसदसम्म पुगेको छैटौँ अनुसूचि राजनैतिक षड्यन्त्रहरूको कारण लागु हुन नसकेको हो’-तामाङले भने, ‘यदि जनताले साथ दिए सत प्रतिशत छैटौँ अनुसूचि हुन्छ।’ स्व. सुवास घिसिङको राजनैतिक दुर्दर्शिताको कारण नै त्यसबेला छैटौँ अनुसूचिको माग उठान गरिएको भन्दै अलग राज्य गोर्खाल्याण्डसम्म पुग्नका निम्ति छैटौँ अनुसूचि एकमात्र विकल्प रहेको उनले दावी गरे।
कार्यक्रममा कालेबुङ जिल्ला लगायत लप्चु-पेशोक, दकदाह, टिस्टा, मोङमाया, गेल आदि क्षेत्रका कार्यकर्ताहरूको उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares