सिएसटीमा पानीको ट्याङ्की शिलान्यास

कालेबुङ, 6 दिसम्बर


34 नम्बर समष्टी अन्तर्गत वार्ड नम्बर 7 मा रहेको सिएसटी स्कुलमा पिउने पानीको ट्याङ्की शिलान्यास गरियो। स्कुलमा पानीको असुविधालाई ध्यानमा राखी कालेबुङ नगरपालिकाले ट्याङ्की निर्माण गर्ने कदम उठाइएको हो। जसको लागत 6 हजार 18 सय रुपियाँ रहेको छ।

आज कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधानको उपस्थितिमा गोरानामो कालेबुङ जिल्ला समिति सचिवा सुनिता भुजेलको बाहुलीबाट स्कुलमा पिउने पानीको ट्याङ्की शिलान्यास गरियो।

सचिवा भुजेलले बताए अनुसार सिएसटी स्कुलमा नानीहरूलाई पानीको धेरै दुख थियो। उनीहरू तोपखानाको धारामा पानी थाप्न बिहानदेखि लाम लागेर उभिन्थे। नानीहरूको यही असुविधा वोध गरेर नगरपालिकाले सर्वेक्षण गरी पानीको ट्याङ्की निर्माण गर्ने भएको हो।

स्कुलमा ट्याङ्की निर्माण हुने भएपछि स्कुलका प्रिन्सिपल अनि नानीहरू हर्षित रहेको उनले बताइन्। यस सुविधा उपलब्ध गराएकोमा उनले स्कुल प्रशासन अनि वार्डवासीको पक्षबाट कालेबुङ नगरपालिकाप्रति आभार व्यक्त गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares