डम्बर चोकको मणि रोड मरम्मती सुरू

कालेबुङ, 6 दिसम्बर


कालेबुङ नगरपालिका वार्ड नम्बर 3 स्थित डम्बर चोकको मणि रोड मरम्मति कार्य आजबाट आरम्भ भयो। कालेबुङ नगरपालिकाको पहलमा यो काम आरम्भ भएको नगरपालिका अध्यक्ष रवि प्रधानले जनाए।

अध्यक्ष प्रधानले जनाए अनुसार यो बाटो सहरको मुख्य सडक हो। बाटो सहरभित्र रहेकोले धेरै साँघुरो पनि छ। जुन कारण घरिघरि मरम्मती गरिबस्न सकिदैन। मरम्मती गर्न नसकिएपछि बाटोको अवस्था जीर्ण अवस्थामा पुगिसकेको छ। बाटो मरम्मतीको निम्ति चालकहरूले नगरपालिकालाई ज्ञापन पनि बुझाएको थियो। तर वर्खाअवस्था भएकोले त्यसताक मरम्मती गर्न सकिएन।

चालकवर्ग अनि आम मानिसहरूको असुविधालाई ध्यानमा राखेर नगरपालिकाले आजैबाट बाटो मरम्मतीको काम थालनी गरेको प्रधानले बताए। बाटो पुननिर्माणको लागत साँढे 7 लाख अनि पछिबाट नालीको इस्टिमेट गरेर मोठ 9 लाखको लागतमा बाटो पुननिर्माण गरिने उनले जनाए।

बाटो एकपल्ट बनाएपछि घरिघरि बनाउन नसकिने हुनाले यो बाटो पुननिर्माण नभइन्जेल सहयोग गरिदिने सबैलाई उनले अपिल गरे। काम भइरहेको अवधि कसैलाई कुनै प्रकारको असुविधा नहोस र जनताको निम्ति सोचेर गुणस्तरीय काम होस भनेर निर्देश दिइएको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares