विद्यार्थी मोर्चाले गऱ्यो च्याटर्जीको बयानको विरोध

खबरम्यागजिन खबरदाता

दार्जीलिङ, 18 मई 2017


राज्यका सम्पूर्ण विद्यालयहरूमा बङ्गला भाषा कक्षा १ देखि १० सम्म पढाइने राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीले दिएको बयानलाई लिएर गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा, दार्जीलिङले पनि विरोध प्रकट गरेको छ। विद्यार्थी मोर्चाको पक्षमा प्रवक्ता सन्दीप छेत्रीले समय छँदा नै यस प्रकारको बयानको विरोध जनाउन सबै अघि आउनुपर्ने बताएका छन्। राज्यको विधानसभाले 1961 मा नै नेपाली भाषालाई आधिकारीक भाषा भनेर प्रस्ताव पारित गरेको साथै 1990 सालमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरिसकेको भए पनि अहिले आएर राज्य सरकारको शिक्षामन्त्रीले यस प्रकारको बयान दिएर बङ्गालकै विधानसभाले पारित गरेको अनि संविधानले दिएको मान्यताको अपमान अनि हेल्चेक्राइ गरेको आरोप पनि छेत्रीले लगाएका छन्।

“हाम्रो आफ्नो भाषा हुँदा-हुँदै पनि अर्को भाषा किन थोपिदैछ? नरूचेको गाँस हामी खाँदैनौं”- पहाडका स्कूलहरूमा बङ्गला भाषा पढाइने कुरालाई छेत्रीले यसरी सोझै नकारेका छन्।
पहाडमा बङ्गला भाषा पढाइने कुरालाई उनले तुघलगी फरानको संज्ञा दिँदै यस प्रकारको फरमान रोक्न सबैले विरोध जनाउनु पर्ने आवश्यक्ता रहेको बताएका छन्। अहिले नै सचेत बनेर यस कुराको विरोध नजनाएको खण्डमा आफ्नो भाषा पनि भन्न नपाउने स्थिति उपार्जन हुनसक्ने सम्भावना पनि उनले प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन