गाउँका गरीब दुःखी जनताको जात धर्म नमिले पनि दुःख एउटै छ त्यसैले मिलेर बस्नुहोसः मुख्यमन्त्री चामलिङ

Girl in a jacket

नाम्ची, 9 दिसम्बर।  मुख्यमन्त्री पवन चामलिङले आज दक्षिण सिक्किमको नागदाक गुम्पाको भ्रमण गरे। उनले यहाँ आयोजन गरिएको लोसुङ नाम्सुङ उत्सवमा सहभागी बने। गुम्पामा पुजा अर्चना पछि गुम्पा परिसरमा आयोजित कार्यक्रममा उपस्थित भक्तजन र आम नागरिकको निक्कै बाक्लो समूहलाई सम्बोधन गर्दै  लोसुङ नामसुङ पर्वको  शुभकामना र बधाई दिए।

मुख्यमन्त्रीले कार्यक्रममा उपस्थित विशेष वरिष्ठ नागरिकहरूलाई सम्बोधन गर्दै विभिन्न स्वास्थ्य सम्बन्धि सुझाउ र वृद्ध वृद्धाहरूको निम्ति सरकारले प्रदान गरेको सुविधा र साहुलियतहरूको चर्चा गर्दै आफ्नो सरकारले सधैँ पहिलेको सरकारबाट किनारिकृत वर्गलाई उठाउने कार्य गरेको बताए।

उनले गाउँमा सबै मिलेर बस्छुपर्ने आह्वान गर्दै गरीब दुःखी जनताको जात धर्म नमिले पनि दुःख एउटै रहेको बताए। यसकारण गाउँले जनता मिलेर बस्नुपर्ने बताए। जात धर्मको कुरा गर्दै गाउँमा घुम्नेहरूलाई बास बस्न दिएर सिक्किम बिगार्नु नहुने बताए। मुख्यमन्त्री चामलिङले प्रत्येक गाउँ र ठाउँमा यसपाली बाटो पुऱ्याउने गाउँले बुढा-बुढीको निम्ति जिन्दगी सहज बनाउने उद्देश्यले यसो गरेको बताए।

मुख्यन्त्रीले सिक्किमलाई सिङखाम (स्वर्ग) बनाउने काम गरेको र यहाँ बस्नेहरुले अब देउताकै जस्तो चित्त भएको हुनुपर्ने अनि सिक्किमको शान्ति सुरक्षालाई स्थायी रूपमा भएको विकासको रूपमा लिनुपर्ने आह्वान गरे। सिक्किमको शान्ति सुरक्षा सधैँ सुरक्षित रहनुपर्ने यसको निम्ति गाउँले जनताले जिम्मेवारी लिनुपर्ने आह्वान पनि गरे।

मुख्यमन्त्रीले समय सितै बद्लन्दो स्थिति र वैज्ञानिक विकासको दिशामा गरिएको कार्यहरूको जानकारी दिए। जसमा जैविक कृषिमा सिक्किमले पाएको ख्याति, स्टार्ट अप योजना लगायत सिक्किम सरकारले गरेको विभिन्न योजनाहरूको सफलतम प्रयोगको बारेमा अवगत गराए। उनले नामथाङ, नाम्ची सिङ्गीथाङ क्षेत्रमा आफू प्रत्येक गाउँमा पैदल पुगेर त्यहाँको स्थितिबारे बुझेको अनि पछिल्लो 35 वर्षदेखि यो क्षेत्रको जनतासित सेवामा रहेको बताए। यद्यपी अहिले भने सारा सिक्किम नै हेर्नु पर्ने भएको कारण समय निकाल्न नसकेकोमा बुझिदिने तर आफू सधैँ यहीको जनतासित रहेका बताए। यसैगरि आफूलाई गाउँले जनताको आर्शिवादको खाँचो सधैँ रहेको अनि आफूलाई एक्लै भएको अनुभव भए मलाई सम्झिनु म तपाईहरूसित छु भन्ने बचन पनि दिए।  उनले वरिष्ठ नागरिकहरूलाई आफ्नै तर्फबाट कम्बल र दवाई खाने सहयोग राशी पनि प्रदान गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया