सिक्किमको महिला क्रिकेट टीमले मिजोरमलाई पराजित गऱ्यो

गान्तोक, 9 दिसम्बर। सिक्किमको महिला क्रिकेट टीमले मिजोरमको महिला क्रिकेट टीमलाई ठूलो अन्तरमा पराजित गरेको छ। सिनियर वुमन्स वान डे  लिग 2018-10 को शनिबारको खेलमा सिक्किमे दलले 50 ओभरमा 7 वीकेट हारेर 260 रन बनाउन सक्यो भने प्रतिद्वन्दी दल मिजोरमलाई 19 ओभरमा केवल 44 रन बनाउन दिएर अल आउट गरि सफलताको सोपान उक्लिएको छ।

सिक्किमे खेलाडीहरूमा ब्याटिङमा प्रियङ्का आचार्यले 82 रन जोडिन भने छिरिङ ओङ्ग्मु लेप्चाले 48 रन यसैगरि अनान्या उप्रेन्द्रनले 46 रन बनाउन सफल भइऩ। अर्कोतिर बलिङमा दिछेन ओङ्ग्मु लेप्चाले 5 वीकेट लिएर किर्तीमानै कायम गरिन भने प्रियङ्का आचार्यले 2 वीकेट, आनान्या उपेन्द्ररणले एक वीकेट अनि प्रनिता छेत्रीले एक वीकेट लिएकी थिइन्। सिक्किमले मिजोरमलाई 216 रनको ठूलो अऩ्तरमा पराजित गरेकोछ  भने अहिले सिक्किमको खातामा चार अङ्क रहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया