पूर्व र उत्तर सिक्किमको विभिन्न ठाउँमा हिमपात, पर्यटकीय वाहन चलाचल प्रभावित

गान्तोक, 9 दिसम्बर। पूर्व सिक्किमको चर्चित पर्यटकीय गन्तव्य छाङ्गु नाथुला, बाबा मन्दिर जस्ता उच्च हिमाली  क्षेत्रमा शनिबार व्यापक हिमपात भएको छ। यसैगरि उत्तर सिक्किमको युमथाङ, गुरुदोङमार जस्ता चर्चित पर्यटकीय स्थलहरूमा पनि हिमपात भएको सूचना प्राप्त भएको छ।

हिमपात अधिक भएको कारण आज कतिपय वाहनहरू छाङ्गु झीलसम्म पनि पुग्न सकेनन्। हिमपातको कारण सड़कमा जमिएको हिउँमा वाहन चिप्लिने भएको हुनाले अधिकांश चालकहरूले वाहन र पर्यटकको सुरक्षालाई ध्यानमा ऱाखेर क्योङनस्ला गाउँबाटै वाहन फर्काउने निर्णय गरेको बताए। हिउँको कारण वाहनहरू फस्ने गरेको तथा चिप्लिएर अघि बढ्न असुविधा भइरहेको देखिए।

अर्कोतिर हिउँ परेपछि पर्यटकहरूको आगमनमा दोब्बर हुने तथा छोटो समयको निम्ति बडा दिनको अवसरमा लाग्ने हिउँदे पर्यटकीय मौसम अहिलेबाटै शुरू भइसकेको पर्यटन हितधारक मदन गुरुङले बताएका छन्। उनले खुसी व्यक्त गर्दै हिउँ परिदिनाले आज केही समस्या भए पनि पर्यटकहरूको आगमन अहिले जति भइरहेको छ त्यो अझ बढ्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया