27 दिसम्बरमा  मगर बोर्डले तेस्रो स्थापना दिवस र बारही मिजोङ पर्व पालन गर्ने

कालेबुङ, 25 दिसम्बर


पश्मिम बङ्गाल मगर विकास बोर्ड र नव मगर एसोसिएसनले संयुक्तरूपमा डेलो विज्ञान केन्द्रमा 27 दिसम्बरको दिन बाहरी मेजोङ पर्व पालन गर्ने भएको छ। यसै दिन बोर्डको तेस्रो स्थापना दिवस पनि परेको छ। थुमथुमका मगरहरूलाई उपस्थित बनिदिने र पर्व र स्थापना दिवसलाई सफल बनाइदिन बोर्डका उपाध्यक्ष हेमन्त थापाले आह्वान गरेका छन्।

‘पर्व र स्थापना दिवस दुवै धुमधामले मनाउने भएका छौं,’ उनले भने, ‘लगभग 10 हजार मगरहरू त्यसदिन उपस्थित बन्नेछन्।’

उनले अन्य जातगोष्ठीका सङ्घसंस्था, बोर्डका अधिकारहरूलाई निम्तो दिएको पनि जनाए। डेलो पर्यटन क्षेत्र भएकोले आफूहरूको कार्यक्रमले पर्यटकहरूलाई पनि आकर्षण गर्ने थापाले बताए। धेरैको संख्यामा मगरहरूको उपस्थिति हुने भएकोले आफूहरूले पुलिसलाई नियन्त्रणको निम्ति जनाउ सूचना समेत दिएको पनि उनले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares