एसकेएमले रोलू घोषणा जारी गर्दै सरकारको सरकार गठन दिवसको गऱ्यो तीब्र विरोध

गान्तोक, 26 दिसम्बर। सिक्किमको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पाँच दिवसीय युवा नारी सम्मेलनको समापन पछि रोलू घोषणा भनेर आगामी 2019 को आम चुनाउलाई ध्यानमा राखेर पार्टीको दिशा निर्देश  जारी गरेको छ। पत्रकार सम्मेलन आयोजन गरेर बुधबार एसकेएमले उक्त घोषणाबारे अवगत गराए। पार्टी प्रवक्ता जेकब खालिङले रोलू घोषणा एसकेएम पार्टीको निम्ति 2019 को चुनाउ धर्म पुस्तक नै रहेको बताए। यो घोषणा रोलूको अन्तिम दिन अध्यक्ष पीएस गोलेले सार्वजनिक गरेको जानकारी दिए। यसले प्रजातान्त्रिक समाजवादको मान्यतासित पार्टी कार्यकर्ताहरूलाई अनुशासनमा बाँधेर राख्ने सूत्रको रूपमा कार्य गर्ने बताए। यसैगरि एसकेएम पार्टीका युवा महासचिव सहदेव शर्मा, नारी महासचिव कला राई तथा अन्यले रोलूको युवा नारी सम्मेलनको सफलताको निम्ति सबैलाई आभार प्रकट गरे।

अर्कोतिर एसकेएम पार्टीले आगामी 28 दिसम्बरको दिन राज्य सरकारले आयोजन गरेको सरकार स्थापना दिवसको जोरदार विरोध गरेको छ। सरकारले उक्त सरकार स्थापना दिवस कार्यक्रमलाई राजनीतिकरण गरेको आरोप लगाउँदै एसकेएम प्रवक्ता खालिङले सरकारी कर्मचारीहरूलाई अऩिवार्य रूपमा उक्त कार्यक्रममा उपस्थित हुनुपर्ने आदेश राज्य सरकारले जारी गरेको र उक्त कार्यक्रम सरकारी नभएर सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रऩ्ट (एसडीएफ) को सरकार स्थापना दिवस रहेको दाबी गर्दै कर्मचारीहरूको सर्विस कन्डक्ट रूल्स र केन्द्रिय सर्विस कन्डक्ट रूल्सको उलङ्घन भएको दाबी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया